काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (ACAN) ले आफ्ना सदस्यहरुको व्यावसायीक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चार्टड एकाउन्टेन्ट् संस्थाको Cpe guidelines अनुसारको ३० घण्टाको Cpe तालिम सम्पन्न गरेको छ ।
मिति २०७७ चैत्र ५ देखी ७ गतेसम्म चितवनमा सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा ३७ जना Registered Auditors र चार्टड एकाउन्टेन्ट्सहरु सहभागी थिए ।
तालिममा Code of ethics, Audit of
School र Audit of Cooperatives गरी कुल ३ विषयहरुमा छलफल गरिएको थियो ।
Code of Ethics विषयको सहजिकरण सुजन काफ्लेले गर्नुभएकाे थियो । यसैगरी Audit of Cooperatives र Audit of School विषयको सहजिकरण आनन्द श्रेष्ठले गर्नुभएको थियो ।
CPE कार्यक्रमबाट सदस्यहरुको व्यावसायिक क्षमता अभिवृद्धिमा टेवा पुगेको र आउँदा दिनमा संघका
सदस्य र व्यवसायीलाई समेत यस्ता क्षमता अभिवृद्धिमा टेवा पुग्ने कार्यक्रमहरू ल्याइनेमा संघका च्याप्टर संयोजक निशान पौडेल विश्वस्त हुनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij