
काठमाडाैं । ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दिवस बुधबार सम्पन्न भएकाे छ । ललितपुरकाे बालकुमारी स्थित क्याटफाेर्ड कलेजमा सम्पन्न उक्त कार्यक्रम नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाकाे प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष मनाेज न्याछ्याेंकाे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि तथा उद्याेग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाले समृद्ध मुलुक निर्माणका लागि आफुहरुले विभिन्न योजनाहरु बनाएकाे र हरेक निजी क्षेत्रलाइ समेटेर व्यापाक राेजगारी सृजना सहितकाे समृद्ध मुलुक अभियानमा सँगसँगै अघी बढ्ने बताउनुभयाे । साथै ललितपुर संघले गरेका कामहरु प्रभावकारी भएकाे भन्दै संघका गतिविधिहरुकाे प्रशंसा समेत गर्नुभयाे ।
संघका अध्यक्ष मनाेज न्याछ्याेंले आफूहरु व्यवसायीहरुका समस्याहरु न्यूनीकरण र सहजीकरणमा निरन्तर पहलरत रहेकाे बताउँदै आगामी नीतिगत सहजीकरण र व्यावसायिक प्रवद्धन नै आफूहरुकाे मुख्य उद्धेश्य रहेकाे बताउनुभयाे ।
कार्यक्रममा कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरु, पूर्वअध्यक्षहरु, कार्यसमिति पदाधिकारी, साधारण सदस्य लगायतकाे व्यापक उपस्थिति रहेकाे थियाे ।
विसं २०२३मा स्थापना भएकाे ललितपुर उद्याेग वाणिज्य सङ्घले ललितपुरका उद्योगी एवं व्यवसायीको हकहित तथा व्यवसाय प्रवद्र्धनमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएकाे छ । नेपाल उद्याेग वाणिज्य महासंघकाे जिल्लागत सदस्य समेत रहेकाे यस संघले उद्याेग, वाणिज्य, वस्तुगत, संस्थागत र एसाेसिएट सदस्यकाे रुपमा व्यवसायीहरुलाइ सदस्यता प्रदान गर्दै आएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij