२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वैदिक दर्शन र सिद्धान्त बमोजिमको जीवनशैली किन ?

वैदिक दर्शन र सिद्धान्त बमोजिमको जीवनशैली किन ?

शान्ता बास्कोटा (कोइराला), निर्देशक, महर्षि वैदिक फाउन्डेसन (नेपाल)

हिन्दू वैदिक सनातन संस्कार पछिल्लो समय पूर्वीय देशहरुमा लोप हुने अवस्थामा पुगेको छ । यद्यपि यो संस्कार पछिल्लो समय पश्चिमी मुलुकहरुको लागि नयाँ अनुसन्धान, संरक्षण र प्रवद्धनको विषय बन्दै गएको छ । यसै संस्कार अन्तरगत थुप्रै नयाँ खोजहरु सम्पन्न भएका छन् । वैदिक हिन्दू संस्कारले अपनाएका सबैजसो संस्कार एवं जीवनशैली वैज्ञानिक एवं व्यावहारिक रहेको अनुसन्धानबाट पुष्टि भइरहेको छ । वैदिक संस्कारको परिधि निश्चित क्षेत्रमा मात्र सीमित छैन । यो निकै विशाल छ ।

चेतना जागरण महत्वपूर्ण रहन्छ
वैदिक संस्कारलाई आत्मसात् र प्रवद्धन गर्दै राम्रा पक्षको अनुशरण गरी हाम्रो मानवीय जीवनलाई खुसी, शान्त, स्वस्थ र समृद्ध बनाउन सकिने थुप्रै तरिकाहरु हाम्रै संस्कारमा छन् । यद्यपि नेपालका आफ्नै निधिको रुपमा रहेका यस्ता संस्कारको महत्व बारे अलिकति पनि चासो हामी नेपालीहरुमा जागरण हुन नसक्दा र बाह्य आयातित प्रविधि प्रति रुचि बढ्दै जाँदा हामीसँग उपलब्ध ज्ञान र शास्त्रहरुमा आधारित शिक्षालाई विकसित मानिने पश्चिमी देशहरुले भने जीवनको अभिन्न अङ्गको रुपमा नै स्वीकारिरहेका छन् ।

आफ्नो साथमा भएका वस्तुको महत्वलाई आफैंले महत्वानुभुति गर्न नसक्दा अरुले राम्रो भनेर औंल्याइदिएपछि मात्र स्वीकार्नुपर्ने स्थिति रहन सक्छ । जुन नेपालीहरुमा पनि छ । जे होस् आगामी दिनमा हाम्रो यात्रा आध्यात्मिक एवं भौतिक दुवै हिसाबले सँगसँगै अघी बढाउनुपर्ने जरुरी छ । तबमात्र हाम्रो जीवन सार्थक बन्न सक्छ । यसै मान्यताले स्थापना भएको महर्षि वैदिक फाउण्डेसन नामक संस्था नेपालमा पनि वैदिक एवं आध्यात्मिक गतिविधिहरुको प्रवद्धनको योजना बमोजिम बुबा दीपक प्रकाश बास्कोटाले नेपालमा भित्र्याउनुभएको हो ।

नेपाल आफैंमा ज्ञानभूमि र योगभूमिको रुपमा चर्चित छ । हाम्रो देशका हिमाली एवं पहाडी भूभागहरु ऋषिमुनिहरुका साधनास्थलको रुपमा चर्चित छन् । यसबारे हामी अनविज्ञ छैनौं । तैपनि वैदिक दर्शन प्रतिको आस्था र श्रद्धा हामीबाट हराउँदै गएको छ । जसले गर्दा नेपालीहरुमा तुलनात्मक रुपमा विगत भन्दा निकै तीव्र रुपमा तामसिक प्रवृत्ति विकास हुँदै गएको कुरा हाम्रो देशमा भइरहेका विभिन्न विसङ्गतिबाट पुष्टि हुन्छ । सही शिक्षा र संस्कारको अभावले नै अहिले हाम्रो समाजले बाटो विराउने अवस्था सृजना भएको हो भन्नुमा अत्युक्ति हुँदैन ।

आफ्नै संस्कारमा फर्कौं
सत्मार्गको यात्राबाट विचलित भई अनिश्चित गञ्तव्य तय गर्दा सही मार्ग भेट्टाउन सकिँदोरहेनछ भन्ने कुरा यदाकदा हाम्रो समाजले पनि अब स्वीकार्नुपर्ने स्थिति सृजना भएको छ । यस्तो अवस्थामा हामीले पुनः सही ट्रयाकमा आउनको लागि आफ्नै संस्कार र प्रकृति तर्फको यात्रामा फर्किनुको विकल्प छैन । जुन पूर्वीय दर्शनमा आधारित ज्ञानमा आधारित छ । नेपाल वैदिक दर्शनको उद्गम स्थल हुँदाहुँदै पनि नेपालीहरुमा यसको महत्वबारे चेतना हराउँदै जानु हाम्रो लागि निकै दुखद यथार्थ हो ।

वैदिक संस्कार र महर्षि वैदिक फाउण्डेसन
आफ्नो साथमा भएका वस्तुको महत्वलाई आफैंले महत्वानुभुति गर्न नसक्दा अरुले राम्रो भनेर औंल्याइदिएपछि मात्र स्वीकार्नुपर्ने स्थिति रहन सक्छ । जुन नेपालीहरुमा पनि छ । जे होस् आगामी दिनमा हाम्रो यात्रा आध्यात्मिक एवं भौतिक दुवै हिसाबले सँगसँगै अघी बढाउनुपर्ने जरुरी छ । तबमात्र हाम्रो जीवन सार्थक बन्न सक्छ । यसै मान्यताले स्थापना भएको महर्षि वैदिक फाउण्डेसन नामक संस्था नेपालमा पनि वैदिक एवं आध्यात्मिक गतिविधिहरुको प्रवद्धनको योजना बमोजिम बुबा दीपक प्रकाश बास्कोटाले नेपालमा भित्र्याउनुभएको हो । हाल यस संस्था मातहत विभिन्न गतिविधिहरु सञ्चालन भइरहेका छन् ।

वैदिक महर्षि फाउण्डेसनका प्रवद्धक हल्याण्डका महर्षि महेश याेगी हुनुहुन्छ । नेपालबाट महर्षिज्यूसँगको भेटघाटको लागि प्रस्थान गर्नुभएका बुबा दीपकप्रकास बास्कोटासँगको भेटघाटमा नेपालको माटो र जैविक वातावरणबारे ज्ञान भएका महर्षिले नेपालमा यस किसिमको संकारलाई पुनस्र्थापित गर्नुपर्छ भन्ने मान्यता सहित उत्प्रेरित गर्नुभयो । साथै महर्षि सहित १ हजार पण्डितहरुले गुरुपूर्णिमाको दिन बास्कोटालाई आशिर्वाद समेत दिनुभएछ । सोही आशिर्वादले नेपालमा यो संस्था स्थापना हुन सकेको हो ।

जैविक कृषि प्रवद्धनमा बास्कोटा
दीपकप्रकाश बास्कोटा महर्षिसँग भेट हुनु पहिले देखि नै नेपालमा (सन् १९८४ देखि) नेपालको माटोलाई जैविक र उर्वर बनाउनुपर्छ भन्ने मान्यता सहित प्राङ्गारिक खेतीलाई प्रवद्धन गर्दै कञ्चनजंघा टि स्टेट सञ्चालन गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ । महर्षिसँगको भेटले थप उत्साहित बनाएसँगै नेपालमा फर्किनुभएका बास्कोटाले महर्षि वैदिक फाउण्डेसनको कार्यक्रम समेत नेपालमा भित्र्याउने प्रण गर्नुभयो । नेपालमा हाल यस नेपाल महर्षि फाउन्डेसनले वैदिक संस्कार प्रवद्धन अन्तरगत थुप्रै कामहरु गरिरहेको छ ।

नेपालमा वैदिक महर्षि फाउण्डेसन विगत १० बर्ष पहिले देखि शुरुवात भएको हो । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा ७ जना पण्डितहरुबाट शुरुवात भएको यो अभियान विश्वरुपा हुँदै अघी बढ्यो । ध्यान, योग र जप सहित यज्ञहरु आयोजना गर्दै यस संस्थाले विश्व शान्ति र सुसंस्कार विकासको लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । यस्ता यज्ञ एवं गतिविधिहरु अघी बढाउँदा बौद्धिक क्षमता वृद्धि भएको, डरत्रास एवं रिसराग भरिएको मष्तिष्कीय क्षेत्रलाई खुसी, शान्ति र प्रेमले विस्थापित गरेको संस्थाका साधक एवं अभियन्ताहरुको अनुभव छ । नेपालमा हाल सम्म ६० ओटा गुरुकुलहरुमा महर्षि वैदिक फाउन्डेसन र वैदिक कल्चर नामक संस्थाले वैदिक संस्कार संरक्षण र प्रवद्धन सम्बन्धी काम गरिरहेका छन् ।

पूर्वीय संस्कार बमोजिम हरेक दिन विहान स्नान गर्नुपर्छ । बाहिरबाट घरमा भित्रिँदा सफा भई कपडा बदलेर खाना खानुपर्छ । हरेक काम शुरु गर्नुपूर्व मन्त्रोच्चारण गर्नुपर्छ । हरेक दिन घरमा धूपदीप गर्नुपर्छ । यस्ता क्रियाकलापको महत्वबारे अहिले कोभिड–१९ ले केही हद सम्म हामीलाई सुसूचित गराएको छ । वैज्ञानिक अध्ययनबाट पनि धूपदीपले वायु शुद्धिकरण, मन्त्रोच्चारणले शरीरको आन्तरिक कम्पन एवं ध्वनि शुद्धिकरण लगायतमा सहयोग पुग्ने पुष्टि गरेको छ । घरमा प्रवेश गर्नुपूर्व कपडा बदल्नुपर्ने कुरा अस्पतालमा आइसियुमा रहेको विरामी भेट्दा अर्को कपडा पहिरिनुपर्ने तथ्यसँग मिल्दोजुल्दो देखिन जान्छन् । यी त केही उदाहरण मात्र हुन् ।

वैदिक ज्ञानको महत्व
वैदिक ज्ञानलाई ज्ञानको खानीको रुपमा लिइन्छ । यस किसिमको वैदिक ज्ञान सम्बन्धमा पछिल्लो समय अनुसन्धान हुने क्रम बढेको छ । वैदिक संस्कारमा शिक्षा, धर्म र संस्कारको मूलस्रोत वेदलाई मानिन्छ । जहाँ सबै किसिमका शिक्षा समाहित भएका हुन्छन् । यद्यपि वेदको उक्त गहिराइमा पुग्ने कार्य सहज भने छैन । अति दृढतापूर्वक समर्पित हुन सकेको खण्डमा मात्र ती वेदको शिक्षालाई अनुभव गर्न सकिन्छ ।

पश्चिमी संस्कार भित्रनुको कारण
जसरी माटोमा रासायनिक मलको उपयोगले सजिलै उत्पादन बढाउन सकिन्छ भन्ने मान्यताले माटोको गुणस्तर बिगार्ने काम भएको छ त्यसरी नै सरल देखिने आयातित संस्कारले हाम्रो संस्कार छोपिसकेको छ । यद्यपि हाम्रा वेद, गिता लगायतका दर्शनहरुमा विदेशीहरु आकर्षिह भइरहेका छन् । हाम्रो ज्ञान ग्रहण गर्न अनुसन्धानमा विश्वास राख्ने पश्चिनी समुदाय आकर्षित हुनुले पनि हाम्रो ज्ञानमा केही रहस्य लुकेको कुरालाई सजिलै अनुमान गर्न सकिन्छ ।

पूर्वीय दर्शन र आधुनिक अभ्यासका केही समानता
पूर्वीय संस्कार बमोजिम हरेक दिन विहान स्नान गर्नुपर्छ । बाहिरबाट घरमा भित्रिँदा सफा भई कपडा बदलेर खाना खानुपर्छ । हरेक काम शुरु गर्नुपूर्व मन्त्रोच्चारण गर्नुपर्छ । हरेक दिन घरमा धूपदीप गर्नुपर्छ । यस्ता क्रियाकलापको महत्वबारे अहिले कोभिड–१९ ले केही हद सम्म हामीलाई सुसूचित गराएको छ । वैज्ञानिक अध्ययनबाट पनि धूपदीपले वायु शुद्धिकरण, मन्त्रोच्चारणले शरीरको आन्तरिक कम्पन एवं ध्वनि शुद्धिकरण लगायतमा सहयोग पुग्ने पुष्टि गरेको छ । घरमा प्रवेश गर्नुपूर्व कपडा बदल्नुपर्ने कुरा अस्पतालमा आइसियुमा रहेको विरामी भेट्दा अर्को कपडा पहिरिनुपर्ने तथ्यसँग मिल्दोजुल्दो देखिन जान्छन् । यी त केही उदाहरण मात्र हुन् । हाम्रा संस्कारका सबै क्रियाकलापहरुलाई यसरी नै तुलनात्मक अध्ययन गर्न सकिने थुप्रै आधारहरु छन् ।

अन्त्यमा
नेपालका केवल १ प्रतिशत मानिसहरुलाई मात्र ध्यान (मेडिटेसन) गराउन सकियो भने त्यसबाट मानिसहरुमा सकारात्मक उर्जा प्रवाहको अनुभुति ठूलो समुदायमा विकास गराउन सकिन्छ । योग, ध्यान, प्रणायाम, नीतिशास्त्र, भजनकीर्तन लगायत जुनसुकै माध्यमबाट भएपनि हाम्रो संस्कारको महत्वानुभुति गराउन सकेको खण्डमा मात्र विस्तारै यस संस्कारको महत्वाभुति गराउन सकिन्छ । सोहीबमोजिम महर्षि वैदिक फाउण्डेसनले आफ्ना गतिविधिहरु निरन्तर अघी बढाइरहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij