
काठमाडाैं । नेपाल वितरक संघको २० औं बार्षिक साधारणसभा शनिवार काठमाडौंमा सम्पन्न भएको छ ।
एक भव्य कार्यक्रम बीच नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न भएको हो ।
सभामा वितरण पेशामा संलग्न काठमाडौं उपत्यकाका वितरकहरुको ठूलो मात्रामा उपस्थिति रहेको थियो ।
नेपाल वितरक संघ वितरण कार्यमा संलग्न व्यवसायीहरुको हकहित र अधिकारको लागि काम गर्दै आएको संस्था हो ।
बार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि दिनेश श्रेष्ठले वितरण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनको लागि व्यवसायी एवं राज्य पक्ष दुवैले जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा धारणा राख्ने क्रममा वक्ताहरुले वितरण क्षेत्रका समस्या एवं यसको व्यवस्थापनको लागि चालिनुपर्ने कदम सम्बन्धमा आफ्नो धारणा केन्द्रित गरेका थिए ।
संघका अध्यक्ष राजेन्द्र सिंखडाको अध्यक्षतामा शुरुवात भएको साधारणसभामा अध्यक्षको प्रतिवेशन, लेखा समितिको प्रतिवेदन र संस्थाको वासलात विवरण प्रस्तुत गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij