२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कुमारी जब प्रा.लि र केसिएमआइटी कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर

कुमारी जब प्रा.लि र केसिएमआइटी कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रर्वद्धन’ मानिरन्तर काम गर्दै आएको कुमारी जब प्रा.लि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी (केसिएमआइटी’ बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवनउपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो ।

कुमारी जब प्रा.ली.का प्रवन्ध निर्दैशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जबप्रा.लीका प्रवन्ध निर्देशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले बताइन् ।

यस सहकार्यबाट Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM,अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिम सहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउनेछन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी (केसिएमआइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन् भन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो । यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM, Bachelor of Computer Applications –BCA यी तीनवटा स्नातक तहको अध्यनअध्यापन गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij