२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

५० लघुवित्त कम्पनी : प्रमुख सूचकहरुमा कुनको अवस्था कस्तो ?

५० लघुवित्त कम्पनी : प्रमुख सूचकहरुमा कुनको अवस्था कस्तो ?

काठमाडौं : नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफा लगायत प्रमुख सूचकमा वृद्धि भएको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउने अनि चुक्ता पुँजी पनि बढी हुनेमा छिमेक लघुवित्त रहेको छ । यसले ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा नेसनल माइक्रोफाइनान्स र जगेडा कोष धेरै हुनेमा निर्धन उत्थान लघुवित्त रहेका छन् । हेरौं, कुन लघुवित्तको अवस्था कस्तो :
चुक्ता पुँजीमा छिमेक लघुवित्तको अग्रता
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको रहेको छ । यसअवधिमा छिमेकको चुक्ता पुँजी २२% ले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । सूचीकृतमध्ये ३६ कम्पनीको चुक्ता पुँजी बढेको छ ।

१४ कम्पनीको पुँजी भने गत वर्षकै यथावत रहेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा मिर्मिरे लघुवित्त छ । यसको पुँजी २०९.५२% ले बढेको छ । संस्थाले यसैवर्ष नागबेली लघुवित्तलाई एक्वायर गरेकाले चुक्ता पुँजी धेरै बढेको देखिएको हो ।

सबैभन्दा धेरै जगेडा कोष निर्धन उत्थान लघुवित्तको
पुस मसान्तसम्म सबैभन्दा धेरै जगेडा कोष निर्धन उत्थान लघुवित्तको छ । यसको जगेडा कोष ९१.३३% ले बढेर २ अर्ब ८८ करोड ९३ लाख ४ हजार रुपैयाँ पुगेको छ । यता, छिमेक र साना किसान लघुवित्तको जगेडा कोष पनि २ अर्ब रुपैयाँ माथि छ । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष वृद्धि गर्नेमा किसान लघुवित्त रहेको छ । यसको जगेडा कोष ११७७.५२% ले बढेर १० करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

नाफामा छिमेक लघुवित्त अघि 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसको नाफा २७.७९% ले बढेर ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । दोस्रोमा डिप्रोक्स लघुवित्त र तेस्रोमा साना किसान लघुवित्त रहेका छन् । सबैभन्दा धेरै नाफा बढाउनेमा कालिका लघुवित्त छ ।

यसको नाफा ९१७.१६% ले बढेर २ करोड ७५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा ४३ लघुवित्तको नाफा बढेको छ । नाफा तथा अन्य सूचक हेर्दा लगानीकर्ताले चुक्ता पुँजीलाई पनि ख्याल गर्नुपर्छ । पुँजीको आधारमा नाफालाई आधार मान्न सक्नुपर्छ ।

प्रतिसेयर आम्दानीमा नेसनल माइक्रोफाइनान्स अगाडि
चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी नेसनल माइक्रोफाइनान्सको रहेको छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६१ पैसाले बढेर वार्षिक १०१ रुपैयाँ ९० पैसा पुगेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा स्वदेशी लघुवित्त रहेको छ ।

यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ १५ पैसाले बढेर वार्षिक ८७ रुपैयाँ १३ पैसा पुगेको छ । चैत मसान्तसम्म ३४ लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ ।


नेपालीपैसा डट कममा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij