२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

१० अर्बको लगानीमा नेपाल स्टक डिलर कम्पनी स्थापना हुने

१० अर्बको लगानीमा नेपाल स्टक डिलर कम्पनी स्थापना हुने

काठमाडौ । कर्मचारी सञ्चयकोषको संयोजनमा सरकारी क्षेत्रका चारवटा संस्था मिलेर १० अर्ब रुपैयाँको नेपाल स्टक डिलर कम्पनी आउने भएको छ । कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोष, राष्ट्रिय बीमा संस्थान तथा राष्ट्रिय बीमा कम्पनी मिलेर उक्त स्टक डिलर कम्पनी ल्याउन लागेका हुन् ।

लकडाउन अघि नै १० अर्बको कम्पनी खोल्ने प्रस्ताव गरिएको उनले बताए । पहिलो चरणमा ५ अर्ब पुँजी राखेर उक्त कम्पनी स्थापना गर्ने सल्लाह त्यति बेला भएको थियो । सो पुँजीको कम्पनी स्थापना गर्नको लागि उक्त कम्पनीमा कर्मचारी संचयकोषको २५ प्रतिशत लगानी रहने छ भने अन्य तीन संस्थाको १५/१५ प्रतिशत लगानी रह्ने सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । ‘कम्पनीमा ३० प्रतिशत शेयर भने सर्वसाधारणको रहने छ,’ उनले भने ‘लगानी कम्पनी स्थापना गर्नको लागि कम्पनी प्रवन्धपत्र र नियमावली बनिसकेको छ ।’

हामीले सहकार्य गर्न लागेका अन्य कम्पनीको ऐनले लगानी गर्न बाधा व्यवधान नगरेपनि सामाजिक सुरक्षा कोषको ऐनमा भने त्यस्तो लगानी खुला गरिएको थिएन । अहिले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन भएर गत माघ १० गते आएको छ । यसले लगानी गर्न सक्ने व्यवस्था गरेकाले अब सोही बमोजिम स्टक डिलर कम्पनी स्थापना गर्नका लागि अघि बढ्ने तयारी भएको प्रवक्ता पन्थीले बताए ।

गत वर्ष लकडाउन हुनु अघि नै कम्पनी स्थापनाको लागि बनाएको प्रबन्धपत्र तथा नियमावलीमा केही संशोधन गरेर अघि बढ्ने तयारी भएको उनले बताए । त्यति बेला चार÷पाँच वटा मिटिङ नै बसेको थियो । अब यो प्रक्रिया अघि बढ्ने उनले बताए । प्रबन्धपत्र र नियमावलीलाई अन्तिम अवस्थामा पुर्याउने तयारी भइरहेको छ ।  केही समय अघि सञ्चालन अनुमति पाएको नागरिक स्टक डिलर पनि सञ्चालनमा आउने क्रममा रहेको छ । संस्थाको पुँजीलाई अधिकतम लाभ प्राप्त हुने हिसावले लगानी गर्न लागिएको कोषले बताएको छ ।

दोस्रो बजारमा छिट्टै प्रवेश गर्दै कोष

यसका साथै सामाजिक सुरक्षा कोष ऐनले अहिलेको पोटफोलियोका २० प्रतिशत लागनी गर्न पाउने प्रावधान भएकोले अब छिट्टै धितोपत्र बजारको दोस्रो बजारमा प्रवेश गर्ने योजना पनि सामाजिक सुरक्षा कोषले बनाएको छ । पछिल्लो समय कोषमा योगदान गराउनेको संख्या थपिदै गएको कोषका सहप्रवक्रा रोहित रेग्मीले जानकारी दिए । ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि दोस्रो संशोधन २०७५ले ५ वर्षम्म पोटफोलियाको व्यवस्थापन गरिसक्नु पर्ने व्यवस्था गरेको छ,’ उनले भने ।

बिहीबार ४ बजेसम्म सामाजिक सुरक्षा कोषमा १६ सय ६१ वटा कम्पनीका ९० हजार २८९ जना योगदान समावेश भएका छन् । सो योगदानकर्ताबाट ४ अर्ब ३७ करोड ५५ लाख रुपैयाँ संचित भएको छ । सामाजिक सुरक्षा कोषले कार्यविधिले गरेको व्यवस्था अनुसार अहिले दोस्रो शेयर बजारमा ८७ करोड ५१ लाख रुपैयाँसम्म लगानी गर्न सक्छ । अहिलेसम्म १३ हजार ३१२ कम्पनीका एक लाख ९० हना। ७२४ जना सूचीकरण भएको छन् ।

स्राेतः https://aarthiknews.com/

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij