२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कृषि क्षेत्रमार्फत मुलुकको आर्थिक क्षेत्रको परिवर्तन गर्न सकिन्छः सिलवाल

कृषि क्षेत्रमार्फत मुलुकको आर्थिक क्षेत्रको परिवर्तन गर्न सकिन्छः सिलवाल

अविनाश शिलवाल, प्रमुख कार्यकारी अधिकृत, हाम्रो किसान

पहिलाको पृथ्वीनारायण नगरपालिका अहिलेको गोरखा नगरपालिकामा जन्मेका अभिनास सिलवालले अर्थशास्त्र स्नाकोत्तर उपाधि हासिल गरेका छन् । त्यसपछि उनी विभिन्न व्यवसायमा आवद्ध हुँदै अहिले प्रभु ग्रुपको आशा लघुवित्तको पब्लिक डाइरेक्टर छन् । उनले शेयर बजारको पनि लामो अनुभव बटुलेका छन् । विश्वमा कोरोना फैलिनुभन्दा केही अगाडिदेखि कृषिकलाई पनि प्रविधिसँग जोड्नुपर्छ भनेर काम भइरहेको उनी बताउँछन् । त्यही क्रममा अप्रत्यासित रुपमा कोरोनाको प्रभाव बढ्नुभन्दा पहिला नै कृषिसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘जब कोरोनाको प्रभाव बढ्न थाल्यो, त्यसबेला हाइजेनिक खानाहरु खानुपर्ने बेलामा बाहिर निस्कने अवस्था भएन । त्यसपछि त्यो वर्गलाई टार्गेट गरेर कार्यक्रमहरु अगाडि ल्यायौं । उनका अनुसार त्यसबेला उत्पादित कृषिजन्य खाद्यन्नहरु त्यसै सडेर नजाओस् भनेर सर्वसुलभ मूल्यमा उपभोक्ता समक्ष पुर्याएका थिए । अबको समयसँगै मुनाफासहित व्यवसाय अगाडि अभियान रहेको उनको भनाइ छ ।

लगानी कहाँबाट भयो ?
लगानीको स्रोतको कुरामा उनी भन्छन्, ‘लगानीकै कुरा गर्दा केही आफ्नो पुँजी र केही प्रभु बैंकको रहेको छ ।’ दुवै गरेर उनले झन्डै एक करोडमाथि लगानी गरेका छन् । त्यो पुँजी व्यवसायसँगै यातायातलगायतका साधनमा गरेका छन् ।

यति ठूलो लगानी गरेर कसरी जोखिम उठाउनुभयो ?
लगानीमा जोखिम बहन गर्ने आँट मलाई सेयर बजारमा लगानी गरेर आएको हो । त्यसबाट मलाई ‘आफ्नो सम्पत्ति व्यवस्थापन नभइकन अर्काको सम्पत्ति व्यवस्थापन गर्न सकिँदैन भन्ने अनुभव भयो’, उनी बताउँछन् । तर, राजनीतिक उत्तरचढावले आर्थिक, सामाजिक रुपमा दुरगामी असर पार्न सक्ने उनको दावी छ । अहिले यसको प्रभाव आर्थिक क्षेत्रमा देखिएपनि पछि विभिन्न क्षेत्रमा देखिन्छ, उनी भन्छन् । कोरोनाको प्रभावले पनि देशमा आर्थिक चुनौति थपेकोप्रति चिन्ता व्यक्त गर्दछन् । जसरी पहिलादेखि हाम्रो देशलाई ‘कृषि प्रधान’ भनिन्थ्यो । कोरोनाले पनि अहिलेपनि ‘तिमीहरुको भविष्य कृषिमै छ’ भनेर दिएको उनको ठम्याई छ । ‘कृषिले नै तिमीहरुलाई आत्मनिर्भर बनाउँछ र त्यसैमा भविष्य छ’ भन्ने स्पष्ट सन्देश भएको उनको दावी छ ।

नेपालको कृषि क्षेत्र ओझेलमा पर्नुको कारण के हुन सक्छन् ?

नेपालको परिप्रेक्ष्यमा कृषिको कुरा गर्नुपर्दा ऊखु किसानहरुले ‘मलाई मेरो पैसा चाहियो’ भन्दा अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था छ । जसले राज्यलाई ‘मेरो पैसा उठाइ दे’ भन्दा काठमाडौंंको चिसो छिडिमा ज्यान गुमाएको अवस्था सबैले देखेकै छन् । खेतीको सिजनमा किसान मल, बिउ, सिंचाईं पाउँदैन । अर्को बल्लतल्ल उत्पादन गरिसकेपछि त्यसको उचित मूल्यको बजार पाउँदैन । जस्तो सरकारले केही वस्तुहरुको न्यूनतम मूल्य तोकिदिएको छ । तर, लगानीको हिसावमा त्यो उचित छैन । जस्तो धान लगायत केही सरकारले न्यूनतम मूल्य तोकिदिएको छ । जस्तो तरकारी, दुध, फलफूललगायतमा समर्थन मूल्य छैन । राज्यले कृषिमा लगानी गर्ने भने पनि वास्तविक कृषिको पहुँचमा त्यो कुरा पुग्न सकेको छैन । यिनै विषय ठूलो समस्याको रुपमा देखा परेको छ । कृषिलाई लागतको हिसावमा नाफाको ग्यारेन्टी हुनसकेको उनी बताउँछन् ।

कृषिलाई प्रविधिमैत्री कसरी बनाउने ?
बाल्यकालदेखि कृषकको कोखमा जन्मिएपछि त्यसप्रति सामिप्यता हुन्छ । ‘मेरो त घरपरिवार नै कृषिसँग नजिक भएकोले कृषकको समस्या देखेको छु ।’ उनी थप्छन्, ‘फेरि काठमाडौं आइसकेपछि कृषकको छोरा भए पनि आफू त्यसको उपभोक्ता भएँ । बुबाले धादिङमा टमाटर १० रुपैयाँमा बेच्नुहुन्छ । म छोराले त्यही टमाटर ५० रुपैयाँमा किनिरहेको हुन्छु, उनले आफ् भोगाई यसरी बताए । उनी थप्छन्, ‘न मेरो बुबाले उचित मूल्य पाउनुभएको छ, न मैले काठमाडौंमा उचित मूल्यमा उपभोग गर्न पाएको छु,’ उनको अनुभव यसरी बताउँछन् । कृषक बुबा आफूबीचको बजार मूल्यको खाडल पुर्न उनले ‘सेफ फुर्ड अलाइन्स’ भनेर ३० जना कृषकको समूह बनाएका छन् । त्यसलाई परिपूर्ति गर्नको लागि विभिन्न नयाँ कृषकहरुलाई समेटेका छन् । ती किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफुलको लागि ‘सेफ फुड’ भनेर समूह बनाएका छन् । त्यो किन बनाएको भने ‘अर्गानिक’ मात्रै भन्दा कतिपय मिसावट पनि हुन सक्छ । त्यसले ठगी गरेको जस्तो हुने भएकाले ‘अर्गानिक’ नभेर ‘सेफ फुड’ भनेर बनाइएको बताउँछन् । मान्छेलाई नर्मलबाट ‘अर्गानिक’मा लान गाह्रो हुन्छ । त्यसैले बिसादियुक्तबाट कमविसादीयुक्तमा लान सजिलो हुने उनको दावी छ । सेफ फुड अलाइन्स अन्तर्गत किसानहरुलाई भेला गरेर यति मात्रै विषादी प्रयोग गर भनेर मापदण्ड तोक्ने काम गरेका छौं ।

साधारण मान्छेले पनि अपनत्व फिल गर्न सकोस् भनेर यस्तो नाम जुराएका हौं । किसान छ भने किसान मात्रै राख्ने के हो के ? अनलाइन पत्रिका हो कि । त्यसैले मैले सबै किसानलाई मेरो भन्ने भावना जाग्रित होस् भनेर यस्तो नाम राख्न पुगेको हुँ ।

नेपालको परिप्रेक्षमा कुरा गर्नुपर्दा कृषि क्षेत्रमा कोल्ड स्टोरको व्यवस्था महत्वपूर्ण मानिएको छ । कुहिएर नष्ट हुने वस्तुहरुको बचावटको लागि कोल्ड स्टर नभइनहुने कुरा हो । राज्यले जहाँ विद्युत्को सुविधा छैन त्यहाँ कोल्ड स्टोर बनाएको अवस्था छ । नेपालमा अहिले पनि राज्यले बनाएका करिब ८० प्रतिशत कोल्ड स्टोरहरु प्रयोगबिहीन भएर थन्किएका छन् । जहाँ भूगोलको आवश्यकतालाई नहेरी कोल्ड स्टोरहरु बनाइएका ती प्रयोग बिहीन अवस्थामा छन् । जहाँ धेरै उत्पादन छ, त्यहाँ कोल्ड स्टोरहरु छैनन् । जहाँ छैन त्यहाँ ठूला–ठूला कोल्ड स्टोरहरु बनाइएका छन् । त्यसकारण किसानले उत्पादन गरेको ठाउँमा उपयुक्त कोल्ड स्टोरको व्यवस्था होस् । ती उत्पादित वस्तुहरु बेचेको बापतको पैसा दिन किसानले आफ्नो कार्य क्षेत्र छोडेर आउनु नपरोस् ।

हाम्रो पछिल्लो उद्देश्य भनेको किसानलाई प्रविधिको उपयोग गराउन सहज होस् । उनी थप्छन्, ‘हामीसँग जोडिएका किसानले काउली लगाए भने उनीहरुको वर्षभरिको काउलीको मूल्य निर्धारण गर्दछौँ । कृषिजन्य उत्पादनको लागत क्याल्कुलेसन हुनुपर्छ पहिला । उनी भन्छन्, ‘हाम्रो कोल्ड स्टोरेजबाट म्यानेजमेन्ट भयो भने सस्तो र महंगो मूल्यबीचको फ्युजन निकाल्न सकिन्छ । त्यो भयो भने किसानलाई कुनै सिजनमा पनि मार पर्दैन । खासमा हाम्रो अन्तिम उद्देश्य भनेको आफ्नो उत्पादन किसानले तोक्न पाउनुपर्छ भन्ने हो । त्यो भने मात्रै ‘मेरी किसान’ सहायक सपोर्टको रुपमा रहन्छ ।

नेपाल अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र हो भनेर कसरी विश्लेषण गर्न सकिन्छ ?
यसको लागि कोरोनाको बेलालाई हेर्दा पनि हुन्छ । जस्तो कोभिडको कारणले सम्पूर्ण व्यवसाय धरापमा परेको बेला पनि कृषि क्षेत्र कोसेढुंगा सावित भयो । प्रकोपको बेला विदेशमै पनि सबैभन्दा बढी डर नेपालीलाई हुन्छ । किन त्यसको कारणले रोजगारी गुम्ने हो कि भनेर । कृषि क्षेत्रलाई हेर्ने हो भने विश्वमा धेरै उर्बर जमिन नेपालमा पाइन्छ । किन कतिपय विदेशी मुलुक जमीनको अभाव छ । जमिन भइहाले पनि खेतियोग्य जमीन छैन । जस्तै इजरायलमै पनि जमीनको खाँचो हुन थालेपछि वालहरुमा पनि खेती गरेको पाइन्छ । हामीसँग यति धेरै जमिन बाँझो बसेको छ कि कल्पनै गर्न सकिँदैन । ती बाँझो जग्गामा अर्गानिक उत्पादन गर्न सकिन्छ । पछिल्लो समय विश्वको ध्यान अर्गानिकतिर ध्यान बढिरहेको छ । भारतकै कुरा गर्ने हो भने सिक्किमले आफूलाई अर्गानिकको रुपमा घोषणा गरेको छ । किन भने विश्वका मान्छेहरुमा अर्गानिक खानाप्रति मोह बढ्नै गएको छ । त्यसको कारण मान्छेमा खाद्यप्रति चेतना बढ्दै गएको छ । दुई ठूला मुलुकमा त्यति धेरै जनसंख्या छ । त्यसलाई हामीले हिमालय अर्गानिक फुड सप्लाइ गर्न सकियो भने त्यो ठूलो आयस्रोत केही हुँदैन । त्यसले युवाहरुलाई रोजगारीको सिर्जना पनि गर्दछ । नेपालमा पनि वेरोजगार युवाहरु छन् तिनलाई आत्म निर्भर बनाउने प्रमुख क्षेत्र भनेको कृषि नै हो । अर्को निर्यातजन्य नगदे बाली जस्तो चिया, कफि, अलैंचीलगायतबाट पनि ठूलो धन राशी आर्जन गर्न सकिन्छ ।

रोजगारीको लागि विदेसिने युवा, युवतीलाई के भन्नुहुन्छ ?
विदेश जानु आफैमा नराम्रो कुरा होइन । तर, त्यहाँ गइसकेपछि सीप सिकेर आउनुपर्याे । त्यसमा कसैले प्रविधि सिकेर आउनुपर्याे, कसैले पुँजी लिएर आउनुपर्याे । यी दुईको फ्युजनबाट कृषि र प्रविधिलाई जोड्न सक्नुपर्याे । अर्को धेरैजसो पत्रपत्रिकाहरुले खाली राजनीतिक कुरालाई मात्रै प्रमुखता दिएको पाइन्छ । जस्तो कृषि क्षेत्रको समस्यालाई किसानको मात्रै समस्याको रुपमा लिइएको छ । किसानले उत्पादन गर्ने अन्नसँग हाम्रो यति ठूलो सम्बन्ध त्यो कुरा हामीले बुझेनौं । बेलामा मल, बीउ, सिंचाई अभाव कृषि उत्पादन घट्दा किसानको मात्रै समस्या हो भनेर बुझ्यौं । जबकि प्रशस्त मात्रामा कृषि उत्पादन हुँदा बजारमा खाद्य संकटमा जोगिन्छ भन्ने कुरा हामीले बिर्सिएका छौं । किन भने मल, बीऊ, सिंचाइ, किटनासकको कुरा आउँछ । खाली त्यसलाई किसानको समस्याको रुपमा मात्रै हेरिन्छ । यसमा राज्यको सबैभन्दा कमजोरी छ । किसानको समस्यालाई चाहीं उसको आम्दानीको रुपमा मात्रै हेरिन्छ । त्यो ठूलो समस्या हो । किन भने कृषि क्षेत्रको विकास भयो भने सबै क्षेत्रको विकास हुन्छ । हाम्रा धेरै उद्योगधन्दाहरु कृषिसँग सम्बन्धित छन् । त्यसैले पत्रकारहरुले कलम चलाउँदा पनि कृषि क्षेत्रलाई अलि बढी जोड दिनुपर्छ ।

यसमा सुधार ल्याउन के गर्नुपर्ला ?
कृषि क्षेत्र सुधारका लागि केन्द्रीय सरकारमातहत नभइ स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ । यसको वृत्तिविकासको लागि स्थानीय, प्रदेश र संघीय तिनैवटा सरकारले ध्यान पर्छ । यसको लागि कुहिनबाट जोगाउन भण्डारणको व्यवस्था हुनुपर्छ । किसान बजारलाई जोड्नलाई सरकार आफैले बाटो खुल्ला गरिदिनुपर्छ । यहाँ व्यवसायिक किसानहरु नभएर त्यस्तो खालको जागरुकता पनि छैन । अर्को तर्फ सरकारको तर्फबाट एउटा समयमा राज्यको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । किन भने किसान सरकारसँग पहुँच हुन तिनै तहको सरकारको कोअडिनेसन हुन जरुरी छ । यी तीन तहका सरकारले आ–आफ्नो ढंगले काम गर्दा कृषि क्षेत्रमा आउटपुट निस्किएन ।

किसाले मूल्य तिरेर पनि मल नपाउनुको कारण के होला ?
यो त सरासर सरकारको अक्षमता हो । यहाँ कुनै पनि सरकारले एक त कृषि क्षेत्रलाई हल्लका रुपमा लिएको अवस्था छ । यहाँ जुनसुकै दलको सरकार आउँदा पनि बारबार त्यो समस्या देखिएको छ । एउटा पार्टीको सरकार हुँदा मात्रै देखिएको समस्या होइन । हरेक पार्टीको सरकार आउँदा हरेक वर्ष नै यो समस्या देखिइरहेको छ । देशको आयस्रोतको केन्द्रमा रहेको कृषि क्षेत्रलाई वर्षैपिच्छे समस्या ग्रस्त हुँदा पनि संवेदनशील ढंगले नहेर्नु नेतृत्वको नालायकीपन हो । त्यो चाहे सरकार प्रमुखको होस् या प्रशासनको होस् । यो चाहीं कृषकप्रतिको हेपाहा प्रवृत्ति र गैरजिम्मेवार पन नै हो ।

तपाईंले तरकारीहरु कहाँकहाँबाट आयात गर्नुहुन्छ ?
सितापाइला, कृषिपुरको भत्केको पाटी र गोदावरी इँटाचोकबाट । त्यस्तै सागहरुकधो परिकारहरु भत्तपुरबाट आयात गरिन्छ । फलफूलहरु सिजन हेरेर हुन्छ । जस्तो अहिले हाम्रोमा दोलखाबाट किबी, गोरखाबाट सुन्तला, सिन्धुलीबाट जुनार ल्याइराखेका छौं । जुम्लाको स्याउको सिजनमा त्यो ल्याउँछौं । नेपालको विकासको मेरुदण्ड नै कृषि क्षेत्र हो । कृषि क्षेत्रको विकास सबै क्षेत्रको विकास हो । कृषकहरु यो क्षेत्रमा रहे भने मात्रै कृषि उत्पादन हुने हो । किन भने उनीहरुलाई भनेजस्तो आयआम्दानी भएन भने वाध्य भएर पलान हुनुपर्छ । कृषिहरु पलायन भए भने कृषि उत्पादनको कल्पना गर्न सकिँदैन । कृषकहरु पलान भएपछि नेपालमा उत्पादन हुँदैन । त्यो भएपछि भारतबाट तरकारीहरु ल्याउनुपर्ने हुन्छ । त्यसले व्यापार घाटा थप बढाउँछ । त्यसरी बाहिरबाट आउने तरकारीहरु गुणस्तर हिन र विषाधियुक्त चिजहरु आउँछ त्यसले हाम्रो मानव स्वास्थ्यमा ठूलो असर पार्छ । जसको असर हामीलाई मात्र नभएर भावी पुस्तासम्म रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij