२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज एक हजारले घट्यो सुनकाे मूल्य

आज एक हजारले घट्यो सुनकाे मूल्य

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । बिहिबार सुनको मूल्य तोलामा ८९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार पनि तोलामा ६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ७५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य तोलामा १३३५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३०५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij