२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उपभोक्ताको हितलाई ध्यानमा राखी सामान उपलब्ध गराएका छौं: मुनाल भारती

उपभोक्ताको हितलाई ध्यानमा राखी सामान उपलब्ध गराएका छौं: मुनाल भारती

काठमाडौं । पछिल्लो समय नेपाली युवा पुस्ता आयातित चर्चित ब्राण्डेड कपडाहरुमा आकर्षित छ । युवाहरुको चासो गुणस्तरीय सामानहरु तर्फ बढी केन्द्रित हुँदै गएको छ । यसैकारण न्यूरोड, नयाँबानेश्वर लगायतका व्यस्त ठाउँका ब्राण्डेड कपडा स्टोरहरुमा मानिसहरुको ठूलै भीड लागेको देख्न सकिन्छ । यस्ता स्टोरहरुमा उपलब्ध हुने कतिपय सामानहरु भने नेपालमा नै उत्पादित समेत हुने गर्छन् ।

अहिले सम्म नेपालमा उत्पादन भएका कपडाहरु ब्राण्डिङ हुने क्रम अत्यन्तै न्यून छ । नेपाली कपडाहरुलाई ब्राण्डिङ गर्न सकेको खण्डमा आगामी दिनमा बजार सम्भावना निकै राम्रो देखिन्छ ।

कतिपय नेपालमा उत्पादन भएका कपडाहरु पनि बाह्य मुलुकका ब्राण्डेड कम्पनीबाट उत्पादित कपडाको तुलनामा कम छैनन् । केवल त्यस्ता कपडाहरु स्वदेशी बजारमा ब्राण्डेड मात्र हुन नसकेका हुन् । यही कुरालाई विचार गर्दै उद्यमशिल सोचका २ जना युवाहरु मुनाल भारती र प्रज्ज्वल शिवाकोटी मिलेर भर्खरमात्रै नयाँबानेश्वरबाट फिटवेल गार्मेन्ट स्टोर सञ्चालनमा ल्याएका छन् ।

स्टोरका सञ्चालक मुनाल भारती स्वदेशी सामानलाई नै ब्राण्डिङ गर्न सकेको खण्डमा आयात सामानहरुलाई विस्तारै विस्थापित गर्दै जान सकिने अवस्थालाई विचार गरी उक्त स्टोर सञ्चालनमा ल्याएको बताउँछन् ।

भारतीका अनुसार बदलिँदो परिवेश बमोजिम नेपाली युवाहरुको सोच र आवश्यकता पनि बदलिएको छ । युवाहरुको आवश्यकतालाई सम्बोधन गर्न सकेको खण्डका अब नेपालमा उत्पादन भएका सामानले पनि राम्रो बजार पाउन सक्छन् ।

पहिरनमा नै मानिसको व्यक्तित्व झल्कने गर्छ । सोहीकारण आफूहरुले युवा पुस्ताको मनोभावनालाई विचार गरी हेर्दा आकर्षक र गुणस्तरीय कपडाजन्य सामानहरु उपलब्ध गराउन शुरु गरेको भारतीको दावी छ ।

यस स्टोरका निर्देशक मुनाल भारतीले आफूहरुले सञ्चालन गरेको क्लोथिङ स्टोरमा खेलाडी वर्ग, युवा पुस्ता, टे«किङ गाइड लगायत सबै वर्गलाई उपयुक्त हुने कपडाहरु उपलब्ध छन् । उसो त भारती आफैं पनि खेलाडी हुन् । सोहीकारण कस्तो व्यक्तिलाई कस्तो कपडा उपयुक्त हुन सक्छ भन्ने कुरा सहजै अनुमान लगाउन सक्छन् । कुन वर्गका मानिसलाई कस्तो कपडा आवश्यक पर्छ भन्ने विचार गरी सोही बमोजिमका अन्य कपडाहरु पनि थप गर्दै जाने योजनामा उनी छन् ।

हाल काठमाडौंको बानेश्वरबाट शुरु भएको आफ्नो यस व्यवसायलाई आगामी दिनमा बजार माग बमोजिम देशका प्रमुख शहरहरुमा विस्तार गर्ने योजनामा आफूहरु रहेको भारती बताउँछन् । साथै उपत्यका भित्र लाजिम्पाट, दरबारमार्ग, कोटेश्वर लगायतमा आफ्ना शाखाहरु विस्तार गर्ने योजनामा भारती छन् ।

स्नातक तहमा औपचारिक शिक्षा हासिल गरिरहेका भारती स्वदेशी उत्पादनको प्रयोग बढाएर विदेशी सामान विस्थापन गर्न सकेको खण्डमा मात्र हाम्रो अवस्था माथि उठ्न सक्ने भएकोले उपभोक्ताले सम्भव रहेसम्म स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्नेमा जोड दिन्छन् ।

अहिलेको समय प्रतिष्पर्धात्मक भएको र बजारमा राम्रो सेवा दिन सक्ने कम्पनी मात्र टिक्न सक्ने भएकोले नयाँ उद्यमीले गुणस्तरीयतामा सचेत रहनुपर्ने भारतीको बुझाई छ ।

माघ १ देखि सञ्चालनमा आएको यस स्टोरमा स्पोर्ट्स आइटमहरु, जुत्ता, झोला, रेडिमेड कपडा लगायतका सामानहरु उपलब्ध छन् ।

आफूहरुले तुलनात्मक रुपमा आयातित सामानको तुलनामा सस्तोमा सामान उपलब्ध गराइरहेको भारती दाबी गर्छन् । आफूहरु बजारमा नयाँ समेत भएको कारण शुरुवाती चरणमा करिब ५० प्रतिशत सम्म छुटमा सामानहरु उपलब्ध गराएको समेत उनले बताए ।

कम शुल्कमा गुणस्तरीय सामान पाइने भएकोले एकपटक सामान किन्न आएको मानिस पुःन आफ्नो पसलमा आइरहेको समेत भारतीले बताए । दोहोरिएर आउँदा आफ्नो साथमा आफ्ना साथी वा शुभचिन्तकलाई समेत लिएर आउने गरेका छन् ।

आफूहरुले ग्राहक सेवालाई विशेष चासो सहित सम्बोधन गर्ने र सेवाग्राहीहरुबाट सदैव माया पाइरहनेमा भारती विश्वस्त छन् । हाल बानेश्वरको स्टोरबाट ५ सय देखि ५ हजार सम्मका पकडाहरु उपलब्ध हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij