काठमाडाैं । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका स्थित श्रीमण्डली उच्च मा.वि.मा अध्यन गरेका भु.पु. विध्यार्थीहरु आबद्ध संस्था श्री मण्डली भू.पू. विद्यार्थी क्लबको १२ औं वार्षिक साधारणसभा कार्यक्रम शनिवार काठमाडाैंमा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष रामेश्वर अधिकारीको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हाे । उक्त सभामा विविध विषयहरुमा छलफल हुनुकाे अलावा नयाँ कार्यसमिति समेत चयन गरिएकेा छ ।
यस संस्थाले विगत लामो समय देखि शैक्षिक तथा सामाजिक गतिविधिमा सहयोगी भूमिका निर्वाह गर्दै आएकाे छ । यस संस्थाले विद्यालयकाे पठन-पाठन एवं शैक्षिक अवस्था सुधारकाे लागि समेत विभिन्न पहलहरु गर्दै आएकाे छ ।
विद्यालयबाट पठनपाठन गरी हाल विभिन्न सामाजिक एवं व्यावसायिक क्षेत्रमा आबद्ध रहेका पूर्वविद्यार्थीहरु र हाल अध्यापन कार्यमा सलग्न रहँदैआउनुभएका शिक्षकशिक्षिकाहरु बीच सम्पर्क स्थापना गरी आपसी सद्भाव, सहकार्य र मेलमिलाप एवं समन्वयात्मक भुमिका निर्वाहमा यस संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्दै आएकाे छ । साेहीबमाेजिम संस्थाले आवधिक रुपमा विभिन्न कार्यक्रमहरु आयाेजना गर्दै आइरहेकाे छ । हिजाे सम्पन्न साधारणसभा पनि ती कार्यक्रमहरुकाे निरन्तरता मध्येकै एक हाे ।

हिजाे सम्पन्न साधारणसभामा प्रमुख अतिथिको भूमिकामा शम्भु कुमार थापा रहनुभएकाे थियाे । यसैगरी विशेष अतिथिहरुमा डा. राजेन्द्र के.सी, डा. कृष्ण पन्थ, विद्यालयकाे लागि अभिभावकीय भुमिका निर्वाह गर्दै आउनुभएका अग्रज व्यक्तित्व वेग बहादुर अधिकारी रहनुभएकाे थियाे । अतिथिहरुमा संस्थाका पूर्वअध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक तथा विभिन्न संघसंस्थामा आवद्ध बाैद्धिक व्यक्तित्वहरु रहनुभएकाे थियाे ।