२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नयाँ बानेश्वरबाट सञ्चालनमा आयाे फिटवेल गार्मेन्ट स्टाेर

नयाँ बानेश्वरबाट सञ्चालनमा आयाे फिटवेल गार्मेन्ट स्टाेर

फिटवेल गार्मेन्ट उद्याेगले आफ्नो नयाँ क्लोथिङ स्टोर सञ्चालनमा ल्याएको छ ।

नयाँ बानेश्वरबाट सञ्चालनमा ल्याएकाे उक्त स्टाेरमा ट्याकसुट, टिसर्ट लगायतका ब्राण्डेड स्पोर्टस आइटमहरु उपलब्ध हुनेछन् ।

नागार्जुन नगरपालिकामा फ्याक्ट्री रहेको फिटवेल गार्मेन्ट उद्योगले लामो समय देखि उपभोक्ताको चाहना बमोजिमका कपडाजन्य सामानहरु उत्पादन गर्दै आएको छ ।

आफ्नो नयाँ स्टोरमा सबै किसिमका ब्राण्डेड कपडाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

माघे संक्रान्तिको अवसर पारेर यस कम्पनीले नयाँ शोरुम सञ्चालनमा ल्याउन लागेको हो ।

फिटवेलबाट उत्पादन हुँदै आएका सामानहरु अहिले नेपाली र बाह्य दुवै बजारमा उपलब्ध हुँदै आएका छन् ।

फिटवेल गार्मेन्टको शुरुवात उद्यमी मनोज भारतीले गरेका हुन् । उनको कठोर मेहनतबाट अघी बढेको यो उद्योग अहिले एक प्रतिष्ठित व्यवसाय बन्न पुगेको छ ।

अहिले दोस्रो पुस्ताको रुपमा उनका छोरा मुनाल भारतीले समेत सोही व्यवसाय सम्हाल्न शुरु गरेका छन् ।

नयाँ सञ्चालनमा आउन लागेको यस स्टोरमा करिब ३० लाखको लगानी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij