२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

१० प्रतिशत लाभांश सहित लुम्बिनी विकास बैंक लिमिटेडको १३ आंै वार्षिक साधारणसभा सम्पन्न

१० प्रतिशत लाभांश सहित लुम्बिनी विकास बैंक लिमिटेडको १३ आंै वार्षिक साधारणसभा सम्पन्न

 

लुम्बिनी विकास बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । २०७७ पौष २६ गते बैंकले आफ्नो १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

साधारण सभाले आ.ब. २०७६-७७ को बार्षिक प्रतिबेदन, आ.ब. २०७७-७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

आ.ब. २०७६-७७ सम्मको नाफा बाट शेयरधनी महानुभावहरुलाई ३ प्रतिशत नगद लाभांश (कर सहित) र ७ प्रतिशत बोनस शेयर सहित कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १३ आैं वार्षिक साधारणसभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनी महानुभावहरुलाई सहभागिता गराएको थियो ।

सभामा सञ्चालक समितिको तर्फबाट आ.ब. २०७६-७७ को बार्षिक प्रतिवेदनउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पार्नुभएको थियो ।


यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभर सातै प्रदेशमा अवस्थित ६९ शाखा कार्यालयहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ६४ हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय आधुनिकएवं नवीनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट-एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij