
काठमाडाैै । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर चार्टर्ड एकाउन्टेन्ट्सहरुकाे एउटा समूहले आर्थिक पारदर्शितालाइ प्रभावकारी बनाउन चार्टड एकाउन्टेन्टहरुकाे भूमिका अझ व्यापक बनाउनपर्ने र राज्य एवं चार्टड एकाउन्टेन्टहरु बीच सहकार्यमा विभिन्न गतिविधिहरु अघी बढाउनुपर्ने सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
नेपाल चार्टड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेको नेतृत्वमा महासचिव तेज प्रसाद सुवेदी, कार्यसमिति सदस्य शेषमणि दाहाल र आजीवन सदस्य निल सरु मगर लगायतको टीम अर्थमन्त्रीलाई भेट्न पुगेको हो ।
भेटघाटको क्रममा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्रका सिएहरुको योगदान निकै महत्वपूर्ण रहेको बताउनुभयो । साथै आफूहरु नवनेपाल निर्माणको क्रममा रहेको र यसलाई सार्थक बनाउन चार्टड एकाउन्टेन्टहरुको सहकार्य निकै महत्वपूर्ण रहने समेत उहाँले बताउनुभयो । साेहिकारण आफूहरु सहकार्यकाे लागि सकारात्मक रहेकाे प्रतिक्रिया अर्थमन्त्री पाैडेलले दिनुभएकाे छ ।
संघका प्रतिनिधिहरु र अर्थमन्त्रीसँगको छलफलमा चार्टर्ड एकाउन्टेन्ट्सहरुका समकालीन विषयमा छलफल भएको थियो । उक्त छलफलमा नेपाल सरकारको आर्थिक विकास तथा समृद्धिको लक्ष्य प्राप्तिमा चार्टर्ड एकाउन्टेन्ट्सको भूमिका आवश्यक ठानी नेपाल सरकारले यस संघलाई दिने सम्पूर्ण जिम्मेवारीहरु कुनै लाभ बिना पूरा गर्न संघ तयार रहने समेत कुरा समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
अर्थमन्त्रीसँगको भेटपछिको संक्षिप्त कुराकानीमा संघका महासचिव तेज प्रसाद सुवेदीले कुनै पनि राष्ट्रको आर्थिक पारदर्शिता र विकास कार्यमा चार्टर्ड एकाउन्टेन्ट्सहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । साथै नेपालको अर्थतन्त्रमा आर्थिक सुशासन, पारदर्शिता तथा मितव्ययिता कायम गर्न चार्टर्ड एकाउन्टेन्ट्सहरुले मिहिन ढंगले कार्यसम्पादन गर्दै आएको समेत बताउनुभएको छ ।
स्मरण रहोस्, यस संघले संघमा आबद्ध सदस्यहरुको प्रतिनिधित्व गर्दैै नेपाल सरकारलाई आर्थिक नीति तर्जुमा, मौद्रिक नीति, कर कानुन नीति लगायतका विभिन्न नीति निर्माणमा आवश्यक सल्लाह तथा सोको कार्यान्वयनमा समेत भूमिका खेल्दै आएको छ । नेपाल सरकारले हरेक वर्ष प्रस्तुत गर्ने वार्षिक बजेटमा यस संघको तर्फबाट सुझाव पेस गरिँदै आइएको छ । साथै, सरकारको बजेट कार्यान्वयनका लागि यस संघले सदस्य तथा विभिन्न सरोकारवालालाई आवश्यक तालिमहरु समेत सञ्चालन गर्दै आएको छ ।
नेपाल चार्टड एकाउन्टेन्ट संघ विगत ३ दशक देखि चार्टर्ड एकाउन्टेन्ट्स पेसामा आबद्ध सम्पूर्ण चार्टर्ड एकाउन्टेन्ट्सहरुको पेसागत हकहित, बहस–पैरवीमा संलग्न रहनुको अलावा राज्यलाई नीति निर्माण कार्यमा समेत आवश्यक सल्लाह, सुझाव उपलब्ध गराउने कार्यमा संलग्न रहँदै आएको छ । हाल यस संघमा २५०० भन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्सहरु सदस्यको रुपमा संलग्न छन् । पछिल्ला दिनहरुमा यस संघले संघीयताको मर्मस्वरुप आफ्नो कार्यसम्पादनलाई विकेन्द्रीकरण गरी मोफसलमा समेत शाखा समितिमार्फत आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
हाल यस संघमा २५०० भन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्सहरु सदस्यको रुपमा संलग्न छन् । पछिल्ला दिनहरुमा यस संघले संघीयताको मर्मस्वरुप आफ्नो कार्यसम्पादनलाई विकेन्द्रीकरण गरी मोफसलमा समेत शाखा समितिमार्फत आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij