काठमाडाैं । नेपाल भ्यालुयर्स एसोसिएशन इन्टरनेसनल भ्यालुयसन स्टान्डर्ड काउन्सिल (आईभीएससी)को सदस्य बनेको छ ।
एसोसिएसनले आईभीएससीकाे लन्डनमा रहेको मुख्य कार्यालयमा सदस्यता प्राप्त गर्नका लागि विशेष पहल गरेको थियो ।
यसअघि एसोसिएशनको पहलपछि काउन्सिलले एक मेलमार्फत एसोसिएशनलाई सदस्य बन्नका लागि प्रस्ताव पेश गरेसँगै एसोसिएशनको पहलले सार्थकता पाएको थियो ।
केही दिन पहिले मात्रै आईभीएससीले एसोसिएशनलाई सदस्य भएको प्रमाणपत्र पठाएको हो ।
नेपाल भ्यालुयर्स एसाेसिएसनका अध्यक्ष ई. ऋषि कोइरालाका अनुसार नेपाल भ्यालुयर्स एसोसिएशन आईभीएससीको सदस्य बनेसँगै नेपाली मूल्यांकनकर्तालाइ अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति जनाउन सहज हुनेछ ।
यसकाे साथै दुई पक्षीय सहयोग आदान–प्रदानकाे अलावा नेपालको मूल्यांकन क्षेत्रलाइ अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न समेत यसले सहयाेग पुर्याउनेछ ।
इन्टरनेसनल फाइनान्सियल इन्ष्टिच्यूट (आईएफआई)’ आईभीएससीको भगिनी संस्था हो ।
नेपाल राष्ट्र बैंक र नेपालका सबै बैंकहरुले आईएफआईको मूल्य–मान्यताअनुसार काम गर्छन् ।
जसले गर्दा नेपाल भ्यालुयर्स एसाेसिएसन अन्तरगतका नेपाली मूल्यांकनकर्ताहरुलाइ पनि नेपालमा अन्तर्राष्ट्रिय मूल्यांकन पद्दति बमाेजिम धिताे मूल्यांकनकाे लागि बाटो खुलेको छ ।
नेपाल राष्ट्र बैंकको संशोधित मौद्रिक नीतिमा पनि बैंकहरुले अन्तर्राष्ट्रिय मान्यताका आधारमा धितो मूल्यांकन गर्नुपर्ने उल्लेख गरिएको छ ।
अन्तराष्ट्रिय मान्यता बमाेजिम धितो मूल्यांकन गर्दा मूल्यांकन क्षेत्रलाइ थप व्यवस्थित र पारदर्शी बनाउन सहयाेग पुग्ने विश्वास गरिन्छ ।