
विरेन्द्रलाल श्रेष्ठले मनोज न्याछ्योंको समूहबाट यसपटक पनि संस्थागत उपाध्यक्ष तर्फ आफ्नो उम्मेदवारी दिएका छन् । हालको कार्यसमितिमा समेत उपाध्यक्षको भूमिकामा रहेका उनी पुराना र अनुभवी व्यवसायी हुन् ।
मंगलबजार तेजलाल एण्ड सन्सको नामबाट व्यवसायमा संलग्न रहँदै आएका श्रेष्ठ प्रेरणा इन्टरप्राइजेजका सञ्चालक समेत हुन् । विगत ४० बर्ष देखि व्यावसायिक क्षेत्रमा संलग्न रहेका उनले नेपाल रेडक्रस सोसाइटी लगायतका विविध संस्थाहरु मार्फत समेत महत्वपूर्ण योगदान पु¥याएका छन् ।
श्रेष्ठ थुप्रै संस्थाहरुमा आजीवन सदस्यको रुपमा समेत रहेका छन् । शिक्षा, स्वास्थ्य लगायत अन्य सामाजिक कार्यमा संलग्न श्रेष्ठ आफ्नो बस्तीको एकता समाज टोल सुधार समितिको अध्यक्षको भूमिका समेत निर्वाह गर्दै आएका छन् ।
लोडसेडिङको समयमा आफ्नै खर्चमा सोलार सिष्टमबाट बाटो उज्यालो बनाउने लगायत थुपै्र कामहरुको नेतृत्व गरेका उनी स्थानीय समुदायमा परिचित व्यक्ति हुन् ।
भूकम्पको समयमा समेत ठूलो राहत वितरण तथा सामाजिक योगदान पु¥याएका श्रेष्ठ आफूलाई समाजसेवामा गर्व महसुस गर्छन् ।
१ कार्यकाल कार्यसमिति सदस्य र १ कार्यकाल उपाध्यक्षको रुपमा भूमिका निर्वाह गरिसकेका उनी ललितपुर उद्योग वाणिज्य संघमार्फत विभिन्न क्रियाकलापमा संलग्न भएका उनी व्यवसायीहरुका पीरमर्कालाई नजिकबाट बुझेका र समाधानको लागि प्रयाशरत समेत रहँदै आएका छन् ।
साथीहरु र छिमेकीबाट कुनै समस्या आइपर्दा आफूलाई सम्झँदा नै उनी खुसी महसुस गर्छन् ।
आगामी दिनमा ललितपुर क्षेत्रका व्यावसायिक संघसंस्थाहरुसँगको सहकार्यमा आवश्यकता बमोजिमका अन्य गतिविधिहरु समेत सञ्चालन गर्ने कार्यमा आफू निःस्वार्थ संलग्न हुने बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij