
|उत्पादकत्व वृद्धिमा प्रविधि प्रयोगको आवश्यकता
नेपालमा पनि पछिल्ला दिनहरुमा हाम्रो आवश्यकता बमोजिमका थुप्रै नयाँ प्रविधिहरु विकास भएका छन् । कतिपय हाम्रो आवश्यकता बमोजिम नै विकास गर्न सकिन्छ त कतिपय बाह्य बजारबाटै भित्र्याउनुपर्ने हुन्छ । प्रविधिको प्रयोग नयाँ विकास भएका उद्योगहरुको लागि त आवश्यक छ नै । त्यसरी नै पहिले नै स्थापना भएर सञ्चालनमा रहँदै आएका उद्योगहरुमा पनि प्रविधिको प्रयोगबाट उत्पादकत्वमा वृद्धि ल्याउन सकिन्छ । जुन हामीले गर्दै आएका छौं ।
हामीले पाटन औद्योगिक क्षेत्रबाट सञ्चालन गर्दै आएको उड कार्भिङ इण्डष्ट्रिजलाई पनि नयाँ शैलीमा अघी ल्याउने क्रममा प्रविधिको प्रयोगलाई नै विशेष जोड दिँदै आएका छौं । हुनतः यो कम्पनी मेरो बुबाले शुरु गर्नुभएको हो । मैले यस कम्पनीको विगत १५ बर्ष देखि जिम्मेवारी लिँदै आएको छु । बुबाले १ सय जना कर्मचारीबाट सम्पन्न गर्ने कामलाई मैले नेतृत्व लिँदा विगतको तुलनामा प्रविधिको प्रयोगको माध्यमबाट निकै कम जनशक्तिबाट काम गर्न सकिने वातावरण सृजना गरेको छु ।
अहिले उड कार्भिङ तर्फ संलग्न हुन चाहने युवाहरुको सङ्ख्या घट्दै गएको अवस्थामा पनि हामीले प्रविधिको प्रयोगकै कारण थोरै जनशक्तिबाट धेरै काम लिन सकिने अवस्था सृजना गर्न सकेका छौं । त्यसरी नै अन्य उद्योगहरुमा पनि प्रविधिको प्रयोग मार्फत ठूलो लाभ लिन सकिन्छ ।
विगतमा हातबाट नै निर्माण हुँदै आएका सामानहरुमा पनि नयाँ प्रविधिहरु भित्र्याएका छौं । यसरी नै अन्य लामो समय देखि सञ्चालनमा रहेका उद्योगहरुको लागि पनि प्रविधिको प्रयोगलाई जोड दिन सकेको खण्डमा त्यसबाट आकर्षक सामानहरु कम लागतमा नै उत्पादन गर्न सकिने सम्भावना रहन्छ ।
हामीले पाटन औद्योगिक क्षेत्रबाट सञ्चालन गर्दै आएको उड कार्भिङ इण्डष्ट्रिजलाई पनि नयाँ शैलीमा अघी ल्याउने क्रममा प्रविधिको प्रयोगलाई नै विशेष जोड दिँदै आएका छौं । हुनतः यो कम्पनी मेरो बुबाले शुरु गर्नुभएको हो । मैले यस कम्पनीको विगत १५ बर्ष देखि जिम्मेवारी लिँदै आएको छु । बुबाले १ सय जना कर्मचारीबाट सम्पन्न गर्ने कामलाई मैले नेतृत्व लिँदा विगतको तुलनामा प्रविधिको प्रयोगको माध्यमबाट निकै कम जनशक्तिबाट काम गर्न सकिने वातावरण सृजना गरेको छु ।
राज्यको पहल
अहिले नेपाल सरकारले यस किसिमका प्रविधि भित्र्याउँदै नयाँ उद्यमीहरुलाई नयाँ तवरले काम गर्ने वातावरण बनाउन सहयोग गर्नु जरुरी छ ।
औपचारिक शिक्षा, युवाहरुका समस्या र नीतिगत व्यवस्था
अहिले सम्म नेपालमा युवाहरु स्वदेशमा रहेर उद्यमशिल क्रियाकलापमा संलग्न हुन नसक्नुमा मुख्यः समस्या राज्यको नीतिमै छ । राज्यले युवाहरुलाई आकर्षित गर्नको लागि आकर्षक कार्यक्रम ल्याउन नसकेको कारणले गर्दा नै अहिले युवाहरु उद्यमशिल बन्न नसकेका हुन् । यसको अलावा औपचारिक शिक्षाले समेत हाम्रो आवश्यकता सम्बोधन गर्न सकेको छैन । विगतको तुलनामा व्यवस्थापन सङ्कायको शिक्षाले उद्यमशिलतालाई अलि जोड दिँदै गएको भएपनि उक्त शिक्षा अझै प्रयाप्त भने छैन ।
समयको माग बमोजिमको शिक्षा प्रदान गर्ने र युवाहरुलाई नेपालमा नै भएका सम्भावनाहरु सम्बन्धमा जागरुक बनाइ काममा लगाउन सकेको खण्डमा नेपालमा नै राम्रो तवरले नयाँ–नयाँ सम्भावनाहरु खोजी गर्न सकिन्छ ।
कुनै नयाँ योजना भएका युवाहरुको विश्वास, कार्यदक्षता र भावी सम्भावनालाई बुझेर त्यस किसिमका कार्यक्रमहरुमा लगानी गरिने वातावरण बन्न सकेको खण्डमा नेपालमा उद्यमशिलता विस्तारमा ठूलो सहयोग पुग्न सक्छ । हामीले लामो समय देखि विभिन्न स्टार्टअप विजनेशहरुसँग सम्बन्धित रही काम गर्ने क्रममा यही बुझेका छौं ।
मलाई लाग्छ, नयाँ पुस्ताका युवाहरु उद्यमशिल क्षेत्रमा संलग्न हुन नसक्नुमा पुँजी र प्रविधि भन्दा पनि सोच नै सबैभन्दा पहिलो महत्वपूर्ण पक्ष हो, जसले उनीहरुलाई व्यावसायिक र उद्यमशिल क्षेत्रमा अघी बढ्न बाधा पुर्याएको छ ।
प्रोत्साहनको खाँचो छः
नेपालमा नै रहेर केही गर्न चाहने व्यक्तिहरुलाई विशेष प्रोत्साहित गर्नुपर्ने जरुरी छ । अहिलेका युवाहरुमा प्रोत्साहनको खाँचो छ । कुनै नयाँ काम गर्न क्षणिक रुपमा उत्साहित भएका युवाहरुले परिवार र साथीहरुबाट राम्रो सहयोगको अपेक्षा नपाएकै कारण युवाहरु आफ्नो योजनाबाट विचलित हुनुपर्ने अवस्था छ । आफ्नो योजना भावी दिनमा सफल हुन सक्दैन कि भन्ने मनोभावको कारण नै अधिकांश युवाहरु उद्यमशिल क्रियाकलापमा संलग्न हुन नचाहने हाम्रो बुझाइ छ ।
बजार आवश्यकता पहिचान गर्नुपर्छः
आफूलाई अनुभव नभएको नयाँ क्षेत्रमा संलग्न हुँदा केही समस्या त अवश्य आउन सक्छन् नै । तैपनि आफ्नो योजनामा दृढ अठोट सहित बजारको मागलाई विचार गर्दै अघी बढ्न सकेको खण्डमा ढिलोछिटो सफलता भने अवश्य पाउन सकिन्छ ।
अन्त्यमा,
कुनै नयाँ योजना भएका युवाहरुको विश्वास, कार्यदक्षता र भावी सम्भावनालाई बुझेर त्यस किसिमका कार्यक्रमहरुमा लगानी गरिने वातावरण बन्न सकेको खण्डमा नेपालमा उद्यमशिलता विस्तारमा ठूलो सहयोग पुग्न सक्छ । हामीले लामो समय देखि विभिन्न स्टार्टअप विजनेशहरुसँग सम्बन्धित रही काम गर्ने क्रममा यही बुझेका छौं ।
मलाई लाग्छ, नयाँ पुस्ताका युवाहरु उद्यमशिल क्षेत्रमा संलग्न हुन नसक्नुमा पुँजी र प्रविधि भन्दा पनि सोच नै सबैभन्दा पहिलो महत्वपूर्ण पक्ष हो, जसले उनीहरुलाई व्यावसायिक र उद्यमशिल क्षेत्रमा अघी बढ्न बाधा पुर्याएको छ ।
नेपालमा नै रहेर सम्भावना खोज्ने हो भने नेपालमा पनि थुप्रै राम्रो लाभदायक क्षेत्रहरु फेला पार्न सकिन्छ भन्ने कुरा अहिलेका युवाहरुलाई बुझाउन सक्ने हो भने नेपालमा नै थुप्रै नयाँ अवसरहरु सृजना गर्न सकिन्छ । नेपालको विकासको लागि प्रयाप्त आवश्यक जनशक्ति यहीँ उपलब्ध छ । मात्र उनीहरुलाई सही तवरले सही ठाउँमा उपयोगमा ल्याउन सक्नुपर्छ । यसबाट नै हामीले चाहेबमोजिम नेपालले विकासको दिशामा फड्को मार्न सक्नेछ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij