२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

युवामैत्री नीति प्रवर्द्धनमा राज्य सचेत रहनुपर्छः मुल्मी

युवामैत्री नीति प्रवर्द्धनमा राज्य सचेत रहनुपर्छः मुल्मी

राकेशभक्त मुल्मी, कार्यसमिति सदस्य पदका उम्मेदवार (उद्योग)

राकेशभक्त मुल्मी यसपटकको ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग तर्फबाट कार्यसमिति सदस्य पदको लागि उम्मेदवारी दिनुभएको छ । मनोज न्याछ्योंको प्यानलका उम्मेदवारी दिनुभएका उहाँ उद्यमशिलता प्रवद्र्धनका योजनाहरु सहित निर्वाचनमा सहभागी हुनुभएको छ ।

 

युवा जागरण, उद्यमशिलता र व्यावसायिक प्रवद्र्धन सम्बन्धमा मुल्मी आफ्नो धारणा यसरी राख्नुहुन्छ ।

ललितपुर क्षेत्रमा साना, मझौला हुँदै ठूलो क्षमताका उद्योगहरु समेत सञ्चालनमा छन् । उद्योगका क्षमता र प्रकृति अनुरुप समस्याहरु पनि पृथक छन् । अधिकांश उद्योगहरुले नयाँ प्रविधिलाई आत्मसात् गर्न सकेका छैनन् । प्रविधिको प्रयोगबाट उत्पादकत्व बढाउन सकिन्छ भन्ने सम्बन्धमा व्यवसायीहरुलाई जागरुक बनाउनु जरुरी छ ।

ललितपुर क्षेत्रमा अधिकांश साना र घरायसी व्यवसायहरु सञ्चालनमा छन् । यस्ता व्यवसायका सञ्चालकहरुलाई कर तथा राजस्व सम्बन्धी नीतिगत व्यवस्था सम्बन्धमा खासै जानकारी हुँदैन । यी सबै व्यवसायीहरुलाई कर शिक्षाको दायरामा ल्याइ सक्षम र कुशलतापूर्वक व्यवसायमा संलग्न हुने वातावरण सृजना गर्न जरुरी छ ।

युवा र उद्यमशिलताः
अहिले नेपाली युवाहरु नेपालमा नै अवसर हुँदाहुँदै पनि रोजगारीका लागि विदेशिन बाध्य छन् । नेपालमा यस सम्बन्धमा राज्यले उपयुक्त व्यवस्था गर्न नसक्दा युवाहरु रोजगारीको लागि उपयुक्त विकल्पको वैदेशिक रोजगारी नै चयन गर्न बाध्य हुनुपरेको हो ।

पछिल्ला दिनहरुमा नेपाल सरकारले आफ्ना योजनाहरु युवा लक्षित बनाउँदै लगेको पनि छ । हातमा सीप भएका युवाहरुलाई लक्षित गरेर राज्यले वैदेशिक रोजगारीबाट नेपालमा फर्किएका तथा अन्य सीपमूलक युवाहरुलाई लक्षित गरेर विभिन्न किसिमका आकर्षिक कार्यक्रमहरुमा संलग्न बनाउने उद्देश्यले बजेट विनियोजनको काम समेत शुरु गरेको छ । त्यो सबै युवाहरुको पहुँचमा भने पुग्न सकेको छैन ।

साथै नेपाल सरकारले ल्याएका सबै नीतिहरु अहिले सम्म सही तवरले कार्यान्वयनमा समेत आउन सकेका छैनन् । यसले गर्दा हामीले चाहेर पनि युवाहरुलाई नेपालमा उद्यमशिल क्रियाकलापमा संलग्न गराउन सकिएको छैन ।

अबको आवश्यकताः
नेपालमा नै रहेर कुनै पृथक किसिमले काम गर्न चाहने युवाहरुलाई उनीहरुको क्षमता र योग्यतालाई आधार आधार बनाइ सोहीबमोजिम लगानी गर्ने वातावरण बन्नु जरुरी छ । यस्तो वातावरण बन्न सकेको खण्डमा नेपाली युवाहरुलाई ठूलो हद सम्म रोजगारीको लागि नेपालमा नै रोक्न सकिन्छ ।

सानो लगानीबाट पनि काम गर्न सकिने थुप्रै क्षेत्रहरु नेपालमा पनि छन् । तर त्यस्ता कार्यक्रमहरुलाई सफल पार्न सबैभन्दा पहिले युवाहरुमा आत्मविश्वास जगाउनु जरुरी छ । पुँजी र प्रविधिहरु त दोस्रो पक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij