२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वैदेशिक रोजगारी खुलाउन राज्यको पहल आवश्यक छ

वैदेशिक रोजगारी खुलाउन राज्यको पहल आवश्यक छ

विष्णु विष्णु प्रसाद गैरे, रोजगार कमिटी सभापति, नेपाल उद्योग वाणिज्य महासंघ|

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको रोजगार समिति सभापति विष्णु प्रसाद गैरे तत्काल वैदेशिक रोजगारीमा नेपाली युवाहरुलाई खुला गरिनुपर्ने माग गर्दै आएका छन् ।

नेपालका सबै वैदेशिक रोजगारी सेवा प्रदायक कम्पनीको प्रतिनिधिमूलक संस्थाको हैसियतले तत्काल वैदेशिक रोजगारी कार्यक्रम खुल्ला गरिनुपर्ने उनको धारणा छ ।

अधिकांश नेपालीहरुको लागि रोजगारीको भरपर्दो माध्यम नै वैदेशिक रोजगारी रहेको बताउँदै उनले यथाशक्य छिटो यस्तो व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
संघ मार्फत आफूहरु नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउनको लागि विगत एक डेढ महिना पहिले देखि नै पहल गर्दै आएको उनले बताए ।

अहिले सम्म ठूलो सङ्ख्यामा युवाहरुलाई रोजगारी सुनिश्चित गर्न नसकिँदा नचाहेर पनि नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउनैपर्ने बाध्यता रहेको उनको धारणा छ ।

नेपालको आर्थिक व्यवस्थापनको ठूलो हिस्सा वैदेशिक रोजगारमा रहेका युवाहरुले पठाएको विप्रेषणमा नै आधारित भएको अवस्थामा नेपालमा वैदेशिक रोजगार क्षेत्रको योगदान महत्वपूर्ण रहेको उनको धारणा छ ।

सदैव नेपाल वैदेशिक रोजगार व्यवसायी संघ सुरक्षित तवरले नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने पहलमा लागिरहेको बताउँदै उनले राज्य यस कार्यको सहजीकरणमा लाग्नुपर्ने बताउँछन् ।

कोरोनाको कारण पर्यटन, शिक्षा लगायतका अन्य क्षेत्रहरु जस्तै ठूलो वैदेशिक रोजगार क्षेत्र पनि तहसनहस हुने मध्ये एक क्षेत्र भएको समेत गैह्रले बताए ।

विश्वका विभिन्न देशहरुले एक पछि अर्को गर्दै वैदेशिक रोजगारी खुल्ला गर्दै लगेको समेत उनले बताए ।

उनले भने, ‘हामी आशावादी छौं, अब छिट्टै नै वैदेशिक रोजगारी खुला हुँदै जानेछ । कतार, साउदी लगायतका देशहरु पनि अब खुल्ला हुँदैछन् । यही जनवरी देखि पुनः वैदेशिक रोजगारी क्षेत्र चलायमान हुनेछ ।’

हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउन वैदेशिक रोजगार क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउँदै उनले यस क्षेत्रको संरक्षण र युवाहरुको सुरक्षित रोजगारी सुनिश्चितताको लागि राज्यले विशेष पहलकदमी लिनुपर्ने बताउँछन् । यसकारण वैदेशिक रोजगारी खुल्ला भएका देशहरुमा हाम्रा दाजुभाइलाई पठाउन आफूहरु इच्छुक रहेको र त्यसको लागि सम्बन्धित देशको वस्तुस्थिति बुझ्न व्यवसायीहरु आफैं गएर अवस्था अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।

यदि सम्बन्धित देशको वस्तुस्थिति नै नबुझी वैदेशिक रोजगारीमा नेपाली दाजुभाइलाई पठाउइयो भने विभिन्न समस्याहरु आउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै पहिले नै सुरक्षित उपाय अबलम्बन गर्नुपर्नेमा उनको जोड छ ।

साथै उद्योग वाणिज्य महासंघ मार्फत पनि रोजगारीका नयाँ क्षेत्र पहिचान गर्ने कार्यमा आफूहरु अग्रसर रही काम गर्ने समेत उनी बताउँछन् ।

अहिले आफू वैदेशिक रोजगार व्यवसायीहरु नै निकै समस्यामा रहेको र अब कसरी चलायमान हुने भन्नेमा निश्चित धारणा बनाउन नसकेको बताउँदै व्यवसायीहरुबाट संकलन भएको ४ अर्ब ३२ करोड रकम सापटी स्वरुप उपलब्ध गराउन समेत उनले राज्य पक्षसँग माग गरेका छन् ।

उक्त रकम वितरण हुन सकेको खण्डमा व्यवसायीहरुले घरभाडा, स्टाफ खर्च र साधारण तवरले व्यावसायिक गतिविधिहरुलाई अघी बढाउन सहज हुने उनको धारणा छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij