
सविनलाल प्रधान, कोषाध्यक्षका उम्मेदवार
ललितपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदको लागि व्यवसायी सविनलाल प्रधानले उम्मेदवारी दिएका छन् । निल इन्टरप्राइजेजका प्रबन्ध निर्देशक रहेका उनी मूलतः निर्यातकर्ता हुन् । नेपाली सामानहरुलाई उनले जापानमा निर्यात गर्दै आएका छन् ।
उनीजन्य टोपी, पञ्जा लगायतका सामानहरुको निर्यातमा प्रधानको संलग्नता छ । विगत २० बर्ष पहिले देखि व्यावसायिक क्षेत्रमा संलग्न रहँदै आएका उनी नेपालको व्यावसायिक वातावरणलाई नजिकबाट बुझेका व्यक्ति हुन् ।
कोषाध्यक्ष पदको लागि उम्मेदवारी दिएका उनी ललितपुर च्याम्बर अफ कमर्समा साधारण सदस्यको रुपमा विगत २० बर्ष पहिले देखि नै संलग्न भएका हुन् ।
उद्योग वाणिज्य संघलाई सशक्त बनाउनको लागि आर्थिक उपार्जनका नयाँ माध्यमहरु खोजी गर्नुपनमा उनी जोड दिन्छन् । आर्थिक सुशासन र पारदर्शितालाई थप प्रभावकारी बनाउने साथै सदस्य सङ्ख्या विस्तार गरी कोषलाई अझ बलियो बनाउने आफ्नो समूहको योजना रहेको उनी बताउँछन् ।
हाल ललितपुर उद्योग वाणिज्य संघको मुख्य आयस्रोतको रुपमा बालकुमारी स्थित क्याटफोर्ड कलेज रहेको भवन र उद्योग वाणिज्य संघ रहेको भवनकै तल्लो तल्लालाई भाडामा लगाइएबाट प्राप्त हुने आर्थिक स्रोतको अलावा सदस्यता शुल्क नै बलियो आर्थिक स्रोतको रुपमा रहँदै आएका छन् ।
उनका अनुसार अबको नयाँ नेतृत्वले उद्योग वाणिज्य संघले अहिले अघी बढाइरहेका योजनाहरुलाई निरन्तरता दिँदै आगामी दिनमा अझ सशक्त तवरले पृथक योजनाहरु सहित आफ्ना गतिविधिहरु अघी बढाउनु जरुरी छ ।
ललितपुरको मुख्य पहिचान नै हस्तकला रहेको कुरा स्मरण गर्दै उनी आफूहरु हस्तकला क्षेत्रको वृहद र दिगो प्रवद्र्धनको लागि उपयुक्त ठाउँको खोजीमा रहेको बताउँछन् । साथै आगामी दिनमा हस्तकलाको व्यावसायिक प्रवद्र्धनबाट प्राप्त हुने आयस्रोतलाई संस्थाको नयाँ स्रोतको रुपमा थप गर्न सकिनेमा प्रधान विश्वस्त छन् ।
उद्योग वाणिज्य संघ अन्तरगत मानव संशाधन तथा विकास समितिको संयोजक भई कार्यअनुभव समेटिसकेका उनी अबको नयाँ नेतृत्वबाट युवा वर्गलाई लक्षित गर्दै उत्प्रेरणामूलक कार्यक्रमहरु विभिन्न कलेजहरुमा सञ्चालन गर्ने योजनामा आफूहरु सक्रिय रहने बताउँछन् । नेपालमा युवाहरुलाई उद्यमशिलतामा आकर्षित गर्नको लागि यस किसिमको पहल आवश्यक रहेको उनको धारणा छ ।
आफू इमान्दारिता, पारदर्शिता र दूरदर्शिताको पृष्ठपोषण गर्ने मनोज न्याछ्योंको व्यावसायिक टीमबाट निर्वाचनमा कोषाध्यक्षको लागि उम्मेदवारी दिन पाउनु आफ्नो लागि खुसीको कुरा रहेको र आफूहरुको जित सुनिश्चित रहेको समेत प्रधानले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij