
यसपटकको ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनमा युवा उद्यमी रुपकमान महर्जन महासचिव पदको लागि आफ्नो उम्मेदवारी दिँदैछन् ।
खाद्यान्न व्यवसायीको रुपमा राम्रो सामाजिक पहिचान स्थापना गरेका उनी थुप्रै सामाजिक संस्थाहरुमा पनि संलग्न रहँदै आएका छन् । कार्यसमिति सदस्यको रुपमा २ कार्यकाल कार्यभार सल्हालिसकेका उनी एउटा कार्यकालमा बाणिज्य तथा आपुर्ति समिति संयोजकको रुपमा काम गरेका छन् । अहिले सम्म सक्रिय दाेस्राे कार्यकालमा उनी राजस्व उपसमितिको नेतृत्व गरिरहेका छन् ।
ललितपुर क्षेत्रका उद्योगी व्यवसायीहरुका समस्या र चाहनाहरुलाई नजिकबाट बुझेका उनी आफू लगायत मनाेज न्याछ्याें नेतृत्वको आफ्नो टीमका सबै पात्रहरु व्यावसायिक टीमका प्रतिनिधिपात्र रहेको दाबी गर्छन् ।
कर शिक्षालाइ प्रभावकारी बनाउनुपर्नेमा महर्जनकाे जाेडः
ललितपुर क्षेत्रका व्यवसायीहरु अझै पनि कर शिक्षामा सचेत बन्न नसकेको अवस्था छ । अहिले पनि अधिकांश व्यवसायीहरु पारम्पारिक तवरले नै व्यवसायमा संलग्न रहँदै आएका छन् । तर राज्य सबै गतिविधिहरुलाई पारदर्शी र व्यावसायिक बनाउन लागिपरेको छ ।
तत्कालको लागि व्यवसायीहरुलाई यस किसिमका व्यवस्थाले केही झण्झटिलो बनाएपनि दीर्घकालिन रुपमा भने यस्ताे व्यवस्था राम्रो लाभदायक हुन सक्छ भन्ने कुरा सबै व्यवसायीहरुलाई प्रशिक्षित गर्नु आवश्यक छ । आफू नेतृत्वको कार्यसमिति निर्वाचित भइसकेपछि आफूहरुको मुख्य ध्यान यस विषय तर्फ केन्द्रित हुने उनी बताउँछन् । महर्जनका अनुसार व्यावसायिक तौरतरिकालाई परिमार्जन ल्याउन नसक्दा अहिले सम्म साना र मझौला व्यवसायीहरु विभिन्न समस्याहरु भोग्न बाध्य छन् ।

उपभोक्ता ऐन, राजस्व, बिलविजक, व्यावसायिक पारदर्शिता लगायतलाई व्यवस्थित गर्न सकेमात्र सबै व्यवसायीहरु निर्धक्क तवरले व्यावसायिक क्रियाकलापमा संलग्न हुन सक्छन् । सोहीकारण उद्योगी व्यवसायीहरुलाई यस तर्फ अघी बढाउने कार्य आफूहरुको मुख्य प्राथमिकतामा रहने उनी बताउँछन् ।
नेपाल आर्ट भिलेजका संस्थापक सदस्य रहेका उनी पछिल्ला दिनहरुमा हस्तकला क्षेत्र तर्फ उनी बढी आकर्षित छन् ।नेपालको सबैभन्दा ठूलो भैरवको मुर्ति स्थापना गर्ने कार्यमा पनि उनकाे संलग्नता छ ।
नेपाललाई हस्तकलामूलक देशको रुपमा विश्वबजारमा परिचित गराउनको लागि व्यवसायीहरुले नै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी अहिले सम्म नेपालले हस्तकलाजन्य सामाग्रीहरुमा विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नभएको स्वीकार्छन् । साथै व्यवसायीहरु सशक्त र परिमार्जित हुँदै जानुपर्नेमा उनी जाेड दिन्छन् ।
मनोज बहादुर न्याछ्यों ज्यूले तय गरेका इमान्दारिता, पारदर्शिता र दुरदर्शितालाई आत्मसात् गर्दै नीतिगत सुधार एवं सहजीकरणको माध्यमबाट सबै व्यवसायीहरुलाई एकाकार गराउन आफूहरु सफल भएरै छोड्ने महर्जनको दाबी छ ।
आफूहरुका याेजना साेर्थक बन्न सकेकाे खण्डमा ललितपुर उद्योग वाणिज्य संघ नयाँ उचाईमा पुग्ने दाबी महर्जनले गरेका छन् ।
काे हुन् रुपकमान महर्जन
नेपाल आर्ट भिलेजका संस्थापक सदस्य रहेका उनी पछिल्ला दिनहरुमा हस्तकला क्षेत्र तर्फ उनी बढी आकर्षित छन् ।
नेपालको सबैभन्दा ठूलो भैरवको मुर्ति स्थापना गर्ने कार्यमा पनि उनकाे संलग्नता छ ।
नेपाललाई हस्तकलामूलक देशको रुपमा विश्वबजारमा परिचित गराउनको लागि व्यवसायीहरुले नै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी अहिले सम्म नेपालले हस्तकलाजन्य सामाग्रीहरुमा विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नभएको स्वीकार्छन् । साथै व्यवसायीहरु सशक्त र परिमार्जित हुँदै जानुपर्नेमा उनी जाेड दिन्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij