२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ग्रिलजन्य सामाग्रीकाे मूल्य आकाशिँदा व्यवसायीहरु तनावमा

ग्रिलजन्य सामाग्रीकाे मूल्य आकाशिँदा व्यवसायीहरु तनावमा

काठमाडाैं । केही दिन यता ग्रीलजन्य फलामको मूल्य अत्यधिक अनियंत्रित र अस्वभाबिक किसिमले बढन थालेकाे छ ।
बिनाकारण कच्चामालकाे मूल्य बढेपछि आफूहरुकाे ग्रील तथा स्टील ब्यवसाय स‌ङ्कट्मा पर्न थालेकाे व्यवसायीहरु बताउँछन् ।
यससँगै ग्रील तथा स्टील यवसायी महास‌ंघ नेपालले आफ्नो मातहतका जिल्ला समिती क्षेत्रीय समिति र इकाइ समितिका पदाधिकारिहरुसँग मूल्य वृद्धिबाट ग्रील ब्यवसायमा देखिएको समस्या र समाधानको निम्ति अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भइ मारमा परेका  उध्योगहरु  बिस्तारै सन्चालनमा आउन नपाउँदै ग्रीलजन्य फलाम र निर्माण सामाग्रीको अनियंत्रित रुपमा भएको उच्च मूल्य वृद्धिका कारण सम्पुर्ण ग्रील उध्योग बन्द हुने अवस्थामा पुगेको बताए।
अन्तर्राष्ट्रिय स्तरमा कच्चा पदार्थ ब्लेडको मुल्य बढेको अनुपात भन्दा दोब्बर मूल्य वृद्धि नेपालका सीमित उध्योगीले आपसी मिलेमतोमा गराउँदा ग्रील उध्योगी मात्र नभइ कोरोनाको संक्रमणका कारण प्रभाबित आमउपभोक्ता समेत मारमा परेको उनले बताए ।
 देशभरी सन्चालित ११ हजार भन्दा बढी उध्योग बन्द भएमा उध्योगमा कार्यरत १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख ब्यक्तिको रोजिरोटी खाेसिने उनकाे धारणा छ ।
साेहीकारण तत्काल नेपाल सरकारले मुल्य वृद्धिबारे प्रभाबकारी अनुगमन गरी उचित निकास दिन सरकारको ध्यानाकर्षण गराए।
अनियंत्रित किसिमले दिनहुँजस्तो  रुपमा मूल्य वृद्धि हुँदा समेत सरकार मौन बस्दा मिलेमतोमा कृत्रिम मुल्यवृद्धि गरेको आशंका गर्दै समयमा अनियंत्रित मूल्य वृद्धि नरोके सम्झौता गरेर सुरु गरिएका आयोजना र कामहरुको लागत बढ्ने समयमा काम सम्पन्न नहुने एवं ब्यवसायी र उपभोक्ता बिच असमजदारी बढी सम्बन्ध बिग्रने भएकोले सोको निराकरणको मार्गप्रसस्त गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठले केही सीमित उध्योगीले कार्टेलिङ गरेर मनपरी मूल्य बढाएको र सामानहरु पनि कृतिम अभाब श्रजना गरेको हुँदा महासंघले यथाशक्य चाँडो निकास निकाल्न आग्रह गरे ।
 ललितपुर जिल्लाका महासचिब शिव सुनुवारले फलामको मूल्य वृद्धिले बजारमा पहिले नै सम्झौता गरिसकेको काममा प्रती किलो ३० रुपैयासम्म मूल्य वृद्धि हुँदा ब्यवसायी पलायन हुने अवस्था सृजना भएको बताए । साथै  सरकारले सत्यतथ्य बाहिर ल्याएर मूल्य समायोजन गर्ने ब्यवस्था गर्नुपर्ने समेत बताए ।
भक्तपुर जिल्ला महासचिब महानन्द तिम्सिनाले कोरोनाले थलापरेको ग्रील ब्यवसाय अहिलेको मूल्य वृद्धिले उध्योग बन्द गर्न बनाउने अवस्था भएको बताए।
अन्तरक्रिया कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ एवं क्षेत्रीय इकाइका अध्यक्षहरुले फलामको मूल्य वृद्धिका कारण  ब्यवसायी संकटमा परेको र निकासको लागि महासंघले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए।
नेपालमा  ग्रील ब्यवसायले मात्र बार्सिक ५० अर्ब भन्दा बढिको ग्रीलजन्य सामानहरु बनाएर सेवा प्रदान गर्दै आइरहेको छ।।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij