२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पश्मिना उद्योग संघको नेतृत्वमा विजय कुमार दुगड

पश्मिना उद्योग संघको नेतृत्वमा विजय कुमार दुगड

नेपाल पश्मिना उद्योग संघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । गत शुक्रवार वाणिज्य सचिव वैकुण्ठ अर्यालको प्रमुख आतिथ्यतामा जुम मार्फत भर्चुअल माध्यमबाट १९ औं साधारणसभा आयोजना गरी नयाँ कार्यसमितिलाई तत्कालिन अध्यक्ष दुर्गाविक्रम थापाले जिम्मेवारी प्रदान गर्नुभएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षको जिम्मेवारीमा विजय कुमार दुगड हुनुहुन्छ ।

कार्यसमितिको उपाध्यक्षको जिम्मेवारीमा धन प्रसाद लामिछाने, महासचिवमा अजयसिंह कार्की, सचिवमा नवदत्त काफ्ले, कोषाध्यक्षमा कृष्ण प्रसाद पंगेनी रहनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा नेत्रराज गिरी, दिनेश कुमार श्रेष्ठ, गिता श्रेष्ठ, गणेश बहादुर श्रेष्ठ, टिका बहादुर बराल (सुमन) र विजय लामा रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष दुगडले आफू व्यावसायिक हकहित र नीतिगत सुधार एवं सहजीकरणको लागि निरन्तर लागिरहने र संघलाई एकतावद्ध गर्दै व्यावसायिक सुदृढीकरणमा केन्द्रित रहने बताउनुभएको छ ।

हाल करिब २ सय पश्मिना उद्योगीहरु संघमा सदस्य छन् ।

वि.सं २०५६ मा स्थापना भएको यस संघले नेपाली पश्मिनाको बाह्य व्यापार प्रवद्र्धन र व्यावसायिक हकहितको लागि निरन्तर काम गर्दै आएको छ ।

नेपाल सरकारको सहयोगमा ४७ देशमा सामुहिक व्यापार चिन्ह दर्ता गराई नेपाली पश्मिनालाई विश्वव्यापी प्रवद्र्धन सम्बन्धी संघले काम गरिरहेको छ ।

संघको तथ्यांक अनुसार हाल बार्षिक साढे ३ अर्ब बराबरको पश्मिना औपचारिक माध्यमबाट निर्यात हुँदै आएको छ ।
करिब त्यत्ति नै परिमाणको अनौपचारिक रुपमा समेत निर्यात भइरहेको परिस्थितिलाई विचार गर्दा बार्षिक नेपालबाट ७ अर्ब बराबरको पश्मिना अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij