२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सफल जलविद्युत उद्यमी गणेश कार्की र उनकाे सफलता यात्रा

सफल जलविद्युत उद्यमी गणेश कार्की र उनकाे सफलता यात्रा

गणेश कार्की, प्रबन्ध निर्देशक, सिंगटी हाइड्रोपावर लिमिटेड

‘हरेक नेपाली सफल हुन चाहिरहेका छन् । सफल हुनको लागि आफूलाई जानकारी नै नभएको क्षेत्रमा अरुको नक्कल गर्दै प्रवेश गर्ने नेपालीहरु धेरै छन् । एउटै क्षेत्रमा लामो समय टिक्न नसकी अर्को क्षेत्रमा संलग्न हुने व्यक्तिले तुरुन्तै सफलता हासिल गर्न सक्दैनन् । धैर्यता सफलताको लागि मुख्य सर्त हो’ जलविद्युत प्रवद्र्धन क्षेत्रका एक सफल उद्यमी गणेश कार्कीको अढाई दशक लामो व्यावसायिक यात्राको अनुभवले यही सन्देश दिन्छ ।

आफ्नो सेरोफेरोका व्यक्तिहरु के–कसरी सफल भएका छन्, अर्को निकटस्थ व्यक्ति पनि त्यही क्षेत्रमा नै संलग्न हुन चाहने प्रवृत्ति नेपालीहरुमा धेरै छ । भलै उनीहरुमा सम्बन्धित क्षेत्रबारे कुनै पनि ज्ञान नै नहोस् । साथै आफूलाई जानकारी नभएको क्षेत्रमा सफल हुन सक्ने सम्भावना पनि न्यून नै रहन्छ । यो सबै उद्यमशिल सोचका युवाहरुले बुझ्नुपर्ने कुरा हो ।

जलस्रोत उद्यमी गणेश कार्कीको अनुभव पनि यो भन्दा पृथक छैन । कुनै दिन आफ्ना साथीहरु कार्पेटमा सफल भएको देखेर आफूले पनि त्यही क्षेत्रमा सफलताको सपना देखेर होमिनुभएका कार्कीले कार्पेटबाट सोचे जसरी सफलताको स्वाद लिन सक्नुभएन । अर्को पश्मिना व्यवसायमा संलग्न हुनुभयो, त्यस क्षेत्रबाट पनि अवस्था सुधार हुन सकेन । साधारण जागिरको बदलामा आफैं उद्यमशिल बन्ने उहाँको सोचलाई १÷२ ओटा असफलताले रोक्न भने सकेन । अध्ययनलाई गति दिने क्रममा केही समय उहाँ चीनमा रहनुभयो । त्यहाँ रहँदा उहाँको भेट जलविद्युत सम्बन्धी सामानहरु कारोबार गर्ने व्यक्तिहरुसँग भयो । त्यहाँका उद्यमीहरुको भेटपछि उहाँको उद्यमशिल यात्राले सफलताको नयाँ यात्रा तय गर्यो । त्यस भन्दा पछाडि भने उहाँले त्यस्ता ठूला असफलता व्यहोर्नुपरेको छैन ।

अहिले लाग्छ, अनुभव बिना देखासिकीमा नयाँ क्षेत्रमा संलग्न हुँदा डुब्न सक्ने सम्भावना उच्च हुँदो रहेछ । अहिले उहाँले आफूलाई जानकारी र अनुभव भएको क्षेत्रमा मात्रै अघी बढाइरहनुभएको छ । नयाँ क्षेत्रमा प्रवेश गर्नुपरे त्यस क्षेत्रको जानकारी भएका व्यक्तिहरुलाई साथमा लिएर सम्बन्धित क्षेत्रको विज्ञता भएका व्यक्तिहरुको मार्गदर्शनमा मात्र सो क्षेत्रमा आफ्नो लगानी विस्तार गर्नुपर्छ भन्ने कुरा कार्कीको अनुभवले सिकाउँछ ।

झण्डै २ दशक देखि जलविद्युत क्षेत्रमा संलग्न रही काम गर्दै आउनुभएका कार्की भर्खरै सम्पन्न स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सानै देखि खेलकुद तथा नेतृत्वदायी एवं सामाजिक क्रियाकलापहरुमा चासो राख्नुहुने कार्की आफ्नो सफलताको पछाडि प्रखर नेतृत्वकला, दृढ निष्चय, तत्काल निर्णय लिन सक्ने क्षमता, सही कुरा छनोट गर्न सक्ने र संगठनलाई नेतृत्व गर्न सक्ने क्षमताको अलावा लगनशिलता समेत भएकोले आफ्नो यात्रा सफलताको दिशामा अघी बढिरहेको प्रष्ट पार्नुहुन्छ । अन्य सबै जनताहरु पनि सफलताकै लागि निरन्तर परिश्रमरत रहेपनि आफ्नो सफलताको उच्चतम निश्चित गञ्तव्य नै तय गर्न नसक्दा उनीहरुको यात्राले उचित किनारा भेट्न नसक्ने देखिन्छ । विभिन्न व्यावसायिक क्षेत्रको अनुभव हासिल गर्दै जलविद्युत क्षेत्रमा सफलतम यात्रा तय गरिरहनुभएकाे भएकाे छ ।

आगामी दिनमा नेपालमा जलविद्युत क्षेत्रकाे सम्भावना राम्राे रहेकाे उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij