
मुकुन्द महर्जन लामो समय देखि ललितपुर क्षेत्रमा व्यावसायिक गतिविधिहरुमा संलग्न रहँदै आएका व्यक्ति हुन् । पाटनढोका नजिकै पर्ने अशोक पार्टी प्यालेसको छेउमा मुकुन्द टे«ड लिंक सञ्चालन गर्दै आएका महर्जन अन्य व्यवसायहरुमा पनि संलग्न छन् ।
नेपाल मदिरा व्यवसायी महासंघका निवर्तमान सहकोषाध्यक्ष रहेका महर्जन मदिरा व्यवसायी संघ ललितपुरका सल्लाहकार हुन् ।
जेबिएल स्नुकर र टेन टु टेन लिक्वरका सञ्चालक रहेका उनी होम साकोसका अध्यक्ष समेत हुन् ।
उनी यस पटकको ललितपुर उद्योग वाणिज्य संघको चुनावमा आफूले पनि कार्यसमिति सदस्यको लागि उम्मेदवारी दिन लागेको बताए ।
साथै अबको उद्योग वाणिज्य संघ सबै किसिमका व्यावसायिक गतिविधिहरुको प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा उनी जोड दिन्छन् ।
हाल सम्म ललितपुर उद्योग वाणिज्य संघ मुख्यतः हस्तकला क्षेत्रमा नै बढी केन्द्रित हुँदै आएको बताउँदै त्यो प्रयाश राम्रो भएपनि अबका दिनमा अझ जिम्मेवार हुँदै सबै व्यवसायीहरुलाई समेट्दै आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्न व्यवसायीहरुलाई सुशिक्षित गर्नुपर्ने, कर नीतिमा व्यवसायीहरुलाई जागरुक गराउनुपर्ने कुरामा उनी विशेष जोड दिन्छन् । पाटनका व्यवसायीहरु अझै व्यावसायिक क्षेत्रमा सक्षम बन्न नसकेको बताउँदै उनले त्यस कार्यमा संघको भुमिका महत्वपूर्ण रहने समेत बताए ।
कुनै ठाउँमा अन्तशुल्कबाट मानिसहरु चेकजाँचको लागि आएका छन् भन्ने जानकारी पाएपश्चात् अहिले व्यवसायीहरु पसल नै बन्द गर्ने अवस्थामा रहेको बताउँदै व्यावसायिक पारदर्शितामा जोड दिनुपर्ने बताए । साथै सबै व्यवसायीहरुलाई पारदर्शी, सुरक्षित र सन्तुलित रुपमा आफुले कारोबार गर्नुपर्नेमा जोड दिन्छन् ।
आफ्नै घर, चोक र गल्लीगल्लीमा आफूलाई जानकारी नभएको व्यवसाय राख्ने प्रचलन पाटनका सबैजसो व्यवसायमा प्रवृत्ति देखिएको र यसबाट व्यावसायिक शुद्धता कायम गर्नमा समस्या सृजना हुन सक्ने कुरामा संघले ध्यान दिनुपर्ने उनी बताउँछन् ।
ललितपुरका व्यवसायीहरुका थुप्रै समस्या रहेको र ती समस्या समाधानको लागि नै आफुले पनि कार्यसमिति सदस्यमा उम्मेदवारी दिन लागेको समेत उनले बताए ।
साथै अबको भावी कार्यसमितिले ललितपुर क्षेत्रका सबै किसिमका व्यवसायीहरुको हकहितको लागि थप प्र्रभावकारी रुपमा काम गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij