२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सम्पू‍र्ण निजी क्षेत्रकाे हकहितकाे निम्ति निरन्तर लागिरहन्छाैंः अध्यक्ष शेखर गाेल्छा

सम्पू‍र्ण निजी क्षेत्रकाे हकहितकाे निम्ति निरन्तर लागिरहन्छाैंः अध्यक्ष शेखर गाेल्छा

महासंघकाे नवनिर्वाचित कार्यसमितिलाई ग्रिल व्यवसायीहरुको स्वागत

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले नेपाल उद्योग वाणिज्य महासंघका निर्वाचित प्रतिनिधिहरुलाई एक औपचारिक कार्यक्रम बीच आज स्वागत गरेको छ ।

आयोजक संस्था ग्रिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, एसोसिएट उपाध्यक्ष रामचन्द्र सांघाई, कोषाध्यक्ष सकुन्तलाल हिराचन लगायतका थुप्रै निर्वाचित प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि तथा नेउवा महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका समस्या समाधानमा आफूहरु सदैव तयार रहने बताउँदै आफूहरुलाई सबै पक्षको साथसहयोग आवश्यक पर्ने बताउनुभएको छ । निजी क्षेत्र नाफामूलक हुनु स्वभाविक रहेको इङ्गित गर्दै मुनाफा निश्चित हद सम्म मात्र लिनुपर्नेमा उद्योगीहरुलाई सचेत गराउनुभएको छ ।

निर्वाचन सम्पन्न भएसँगै प्यानलगत मतभेदहरु समेत समापन भइसकेको बताउँदै उहाँले सहकार्य र सहअस्तित्वबाट नै सामुहिक लाभ हासिल गर्न सकिने बताउनुभयो । आफूहरुमाथि निजी व्यवसायीहरुको ठूलो अपेक्षा रहेको र ती अपेक्षा पूरा गर्न सकेमात्र आफूहरु प्रतिको निजी क्षेत्रको सपना साकार हुनुपर्ने बताउँदै अब सिङ्गो महासंघ एकताबद्ध भई अघी बढ्नेमा सम्पूर्ण व्यवसायी एवं सरोकारवालाहरुलाई उहाँले विश्वस्त गराउनुभएको छ ।

कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफूहरु आपसी सहयोग र समझदारीमा नै अघी बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रममा स्वागत मञ्तव्य राख्दै ग्रिल महासंघका अध्यक्ष मोहन कटुवालले निजी क्षेत्रको उत्थानमा उद्योग वाणिज्य महासंघले प्रभावकारी तवरले काम गर्नुपर्ने बताउनुभएको छ । लघु, घरेलु तथा साना उद्योगीहरुका समस्यालाई महासंघले विशेष प्राथमिकताका साथ लिनुपर्ने र राज्यले गरेका सहजपूर्ण कर्जा लगायतलाई बिना झण्झट उपलब्ध गराउनको निम्ति महासंघको सहजीकरण आवश्यक रहेको समेत उहाँले बताउनुभएको छ ।

आफूहरु ग्रिल व्यवसायीको भुमिका राज्यको लागि महत्वपूर्ण रहेको भएपनि राज्यले यस क्षेत्रलाई विशेष महत्वको साथ लिन नसकेको, ग्रिल व्यवसायमा प्रयाप्त जनशक्ति उपलब्ध हुन नसकेको, अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा बिनाकारण नै ग्रिलजन्य सामाग्रीहरुको मूल्य बढेको, समयमा सामान प्र्राप्त गर्न कठिनाइ रहेको लगायतका समस्याहरु उक्त क्षेत्रमा रहेको बताउँदै महासंघको नयाँ कार्यसमितिले आफूहरुका माग सम्बोधनको लागि समेत प्र्रयाप्त काम गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij