२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

महानगरिय प्रहरी बृत्त मालिगाउँलाइ कटुवाल ग्रिल उद्याेगकाे सहयाेग

महानगरिय प्रहरी बृत्त मालिगाउँलाइ कटुवाल ग्रिल उद्याेगकाे सहयाेग

काठमाडाैं । यही मंसिर २२ गते काठमाडाैंमा सञ्चालित न्यु कटुवाल ग्रील उध्योगले देशमा शान्ति सुरक्षा कायम गर्न र जनताको जिउधनको सुरक्षाको लागि अग्रपंक्तिमा खटिनुहुने महानगरिय प्रहरी बृत्त मालिगाउँलाइ सुरक्षामा खटिँदा आवस्यक पर्ने ब्यारिकेटर र सुरक्षा जाँच बोर्ड निःशुल्क प्रदान गरेकाे छ ।

मालिगाउँ बृत प्रमुख डिएसपी खुमलाल भुसाललाई सुरक्षा सामानहरु हस्तान्तरण गर्दै कटुवाल ग्रील उध्योगका प्रमुख मोहन कटुवालले प्रहरी र जनता मिलेर मात्र समाजलाई सुरक्षित राख्न सकिने बताउनुभयाे । साथै उहाँले प्रहरी र नागरिक एक अर्काका परिपुरक हुन् भन्ने भावना जाग्रित गराउन समेत सहकार्य आवश्यक रहेकाे बताउनुभयाे ।

कटुवाल ग्रील उध्योगले बिगत लामाे समय देखि नै प्रहरिलाइ आवस्यक पर्ने उपकरणहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेकाे समेत कटुवालले  बताउनुभएकाे छ ।

उक्त अवसरमा कटुवालले जेस्ठ नागरिकहरुको संरक्षण गर्दै आइरहेको लप्सी फेदि स्थित जेपि प्रतिष्ठानलाई कोरोनाको संक्रमणबाट बच्न प्रयोग गरिने हेन्ड बाँस स्टेसन निःशुल्क प्रदान गर्नुभयाे।

उक्त सामानहरु ग्रहण गर्दै मालीगाउँ बृत प्रमुख डिएसपीले कटुवाल ग्रील उध्योगबाट प्राप्त सामाग्रीहरुको प्रयोगबाट शान्ति सुरक्षा प्रदान गर्न  मद्धत पुग्नुका साथै समुदाय र प्रहरी बिचको निकटतम सम्बध थप सुमधुर बनाउन समेत सहयाेग पुग्ने बताउनुभएकाे छ ।

ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका अध्यक्ष समेत रहनुभएका  कटुवालले अनाथालय, बृद्दाश्रम, कृयापुत्री भवन, स्कुल, मठमन्दिरमा आवस्यक सामाग्री तयार गरि निःशुल्क प्रदान गर्दै आएका छन ।

सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा ३० वडाका वडाअध्यक्ष, सामुदायिक प्रहरी सेवाका अध्यक्ष सरोकार मन्च धोबिधाराका अध्यक्ष कमलपोखरी क्लबका अध्यक्ष एवम स्थानिय समाजसेवीहरुको उपाथिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij