धनगढी – दार्चुलामा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेर सिंह कार्की र अन्य दुईजना रहेका छन् ।
बाँकी दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिए।
गोकुलेश्वरबाट सदरमुकाम खलंगा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका–१ भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
आइतबार राति दुर्घटनामा परेको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij