भरत बुढाथाेकी/ काठमाडौं ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को परिषदद्वारा गठित रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्स’ले परिषदमा पेस गरेको प्रतिवेदनमा समेटिएका केही विषयप्रति यस नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
संघले निकालेकाे विज्ञप्तिमा प्रतिवेदनका विवादास्पद सिफारिसप्रति संघलेअसहमति प्रकट गर्ने कुरा उल्लेख छ ।
स्तरोन्नतिको नाममा अवैज्ञानिक ढंगले चार्टर्ड एकाउन्टेन्टहरुको गुणस्तर,
अन्तर्राष्ट्रिय मान्यता तथा समग्रमा लेखा व्यवसायीको सामाजिक प्रतिष्ठामा
आँच आउने गरी विशेष छुट दिइएकाेमा संघले विराेध जनाएको छ ।
विज्ञप्ति मार्फत परिषदमा प्रस्तुत भएका विवादास्पद विषयहरु खारेज गर्न पनि संघले जोडदार माग गरेको छ ।
कुनै पनि शिक्षामा शिक्षामा सहज, छोटो र अपूर्ण बाटो अपनाउँदा त्यसमार्फत दक्ष जनशक्ति उत्पादन गर्न नसकिने कुरा समेत विज्ञप्ति मार्फत खुलाइएकाे छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्वअध्यक्ष, संघका पूर्वअध्यक्ष, सरोकारवाला, सरकारी निकायका पेसासम्बद्ध विशिष्ट व्यक्ति, सिए अध्ययनरत विद्यार्थी लगायतका धारणा चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको उपाधिका सन्दर्भमा कायम भएका व्यवस्थाबाहेक कुनै पनि किसिमको अतिरिक्त छुट दिन नहुने
कुरा संघका महासचिव तेज प्रसाद सुवेदी बताउनुहुन्छ ।
विज्ञप्ति मार्फत महासचिव सुवेदीले रजिस्टर्ड अडिटरहरुको क्षमता अभिवृद्धि हुनुपर्छ भन्नेमा संघकाे कुनै आपत्ति नभएकाे तर वैज्ञानिक र समय सान्दर्भिक सुझावविपरीत कदम चालिए आफूहरु कडा संघर्षमा उत्रनुपर्ने स्थिति समेत आउन सक्ने चेतावनी दिनुभएकाे छ ।
साथै लेखा व्यवसायमा दूरगामी असर पार्ने नीतिगत निर्णय गर्दा, सरोकारवाला पक्षसँग आवश्यक छलफल र परामर्श गर्न पनि संघले आग्रह गरेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij