काठमाडाैं । नेबिको नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने कम्पनी हो । सन् १९६४ देखि नेपाली बजारमा विक्री वितरण शुरु गरेको कम्पनी आजसम्म पनि उपभोक्ताको मन जित्दै निरन्तर रुपमा बजारको ठूलो हिस्सा ओगट्न सफल भएको छ ।
नेबिको भन्ने वित्तिकै बिस्कुट भनेर झट्ट दिमागमा आएपनि हालसम्म विभिन्न Product catagory मा आफ्ना उत्कृष्ट उत्पादनहरु बजारमा पठाईसकेको छ ।
हालसम्म नेबिकोले बिस्कुट, कुकिज र कन्फेक्सनरीजहरु उत्पादन गरी विक्रीवितरण गर्दै आएकोमा अब भने Breakfast Cereals पनि विक्री वितरण गर्ने भएको छ । Breakfast Cereals मा Cornflakes, Oats/Chocos रहेका छन् । Nebico Cornflakes ३ सय ग्राममा उपलव्ध छ । जसको मूल्य रु २ सय रुपियाँ रहेको छ । त्यस्तै गरी Nebico Chocos ३ सय ५० ग्राम, जसको मूल्य ३ सय रुपैयाँं र Nebico Oats ५ सय ग्राम र १ के.जी.को जारमा उपलव्ध छ । जसको मूल्य २ सय र ३ सय ८० प्रति जार रहेको छ ।
त्यस्तैगरी नेबिकोले Platinum Series अन्तर्गत अन्तराष्ट्रिय स्तरका पाँचवटा |variety का कुकिजहरु पनि बजारमा ल्याएको छ । जुन वटर कुकिज, ,जिरा कुकिज Cashew (काजु), , चकलेट कुकिज, सुगर फ्रि कुकिज लगायत हुन् ।

उपभोक्ताको सल्लाह सुझाव अनुसार नै कन्फेक्सनरी अन्तर्गत Nebico POPStix (Litchi flavour Lollypop पनि नै तत्काल विक्रीवितरण गर्न लागिएकाे कम्पनीले जनाएकाे छ । जसको मूल्य रु. ५ मात्र रहेको छ ।
उच्च गुणस्तरिय बिस्कुट उत्पादन गर्दै आएको नेबिको थप यी Segmentमा पनि उपभोक्ताको मन जित्न सक्नेमा भन्नेमा विश्वस्त छ । बजारमा उपलव्ध हुन लागेका यी प्रोडक्टहरु निकै नै स्वादिला र स्वस्थकर रहनेमा |कम्पनी ढुक्क छ ।
साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सकेमात्र मुलुकलाइ आत्मनिर्भर र समृद्ध बनाउन सकिने कुरामा समेत कम्पनीले उपभाेक्ताहरुलाइ सचेत गराएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij