२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

युवा तथा समाजसेवी गुरुङले गरे मेरुदण्डको बिरामी ठाकुरामलाई आर्थिक सहयोग

युवा तथा समाजसेवी गुरुङले गरे मेरुदण्डको बिरामी ठाकुरामलाई आर्थिक सहयोग

डिल बहादुर लामा-नुवाकोट।युवा तथा समाजसेवी शेर बहादुर गुरुङद्वारा नुवाकोटको बेलकोटगढी-०४ नेपने स्थायी बसोबास रहेका ठाकुराम गुरुङलाई आर्थीक सहयोग गर्नु भएको छ।समाजसेवी गुरुङ पनि सोही ठेगानाको वडा नम्बर ०४ चनौटे घर भै हाल काठमाडौमा रहदै आउनु भएको छ।

उहाँले आफ्नो स्व-इच्छाले रु.५,११० अक्षेरुपी रु. पाँच हजार एक सय दस रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो।ठाकुराम गुरुङ बिगत लामो समयदेखि मेरुदण्डको समस्यामा हुनुहुन्छ।स्याउला झार्ने समयमा रुखबाट खसेर उहाँको मेरुदण्ड भाचिएर शारिरिक समस्य उत्पन्न भएको उनका परिवारले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij