२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

RULA Award बाट पर्यटन उद्यमी प्रेम कुमार दनुवार सम्मानित

RULA Award बाट पर्यटन उद्यमी प्रेम कुमार दनुवार सम्मानित

काठमाडाैं । RULA Award बाट पर्यटन उद्यमी प्रेम कुमार दनुवार सम्मानित भएका छन् ।
“Asia’s Travel startup of the Year Award 2020/2021” बाट दनुवार सम्मानित भएका हुन् । उक्त अवार्ड Asia’s No.1 Brand and excellence Award हो ।
विगत १० वर्ष देखि पर्यटन क्षेत्रमा काम गर्दै आएका दनुवारले पर्यटन विषयमा मास्टर डिग्री, IATA Diploma, Airlines Customer Service जस्ता कोर्स गरेका छन् । दनुवारले २०१० देखि आर्यतारा ट्राभलबाट आफ्नो पर्यटन क्षेत्रमा  यात्रा सुरु गरेका हुन् ।
अहिले दनुवार NCTTM, Citizen College, Geeta Aviation र NAAT सँग आबद्ध छन् ।
नेपालको लागि IATA Authorized Training Center, Zenith Training Institute मा पनि IATA trainerको रूपमा उनी आवद्ध छन् । विभिन्न संघसंस्था सँग आबद्ध हुँदाहुँदै पनि दनुवारले सुरज शाही, कृष्ण चन्द्र निरौलासँग मिलेर २०१७ देखि आफ्नै ट्राभल कम्पनी सिमसिमे ट्राभल एण्ड टूर र सिमसिमे इन्स्टिच्युट अफ म्यानेजेन्ट कम्पनी संचालन गरेका छन्। यसपटक दनुवारकाे यसै  ट्राभल कम्पनीले “Asia ‘s Travel startup of the Year Award 2020/2021” अवार्ड प्राप्त गरेको हाे ।
सिमसिमे ट्राभल “No cost or Low cost” अवधारण मा एकदम थोरै लगानीमा सुरु भएको ट्राभल कम्पनी हो जसले सुरुवाती दिनमा सुरु गरेको ७ हप्ता ७ शनिबार ७ वर्ल्ड हेरिटेज साइट घुमौं प्याकेज बाट काठमाडौँका ७ ओटा विश्व सम्पदा क्षेत्र, काठमाडौंको विभिन्न कलेजका विद्यार्थीहरुलाई घुमाएको थियो, “rice plantation hike”बाट शहरिया वातावरणमा हुर्केका व्यक्तिहरुलाई गाउँमा लगेर हरियो धान बाली देखाउँदै, त्यस क्षेत्रमा रहेको धार्मिक ठाउँहरु देखाउँदै घुमाएको थियो। विदेशीहरुलाई स्थानीय ठाउँमा लगेर आलु खनाएर potato digging tour सुरु गरेको थियो।
Rediscovering Nepal through its authenticity यस ट्राभलको भिजन रहेको छ । त्यसकारण नेपाली मौलिकतालाई प्राथमिकतामा राखेर यस ट्राभलले आफ्नो टूर प्याकेज हरु संचालन गर्दै आएको छ।
यसरी पर्यटन क्षेत्रमा छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकाले यस कम्पनीलाई Asia’s Travel startup of the Year Award 2020/2021″ अवार्ड प्रदान गरिएको सिमसिमे ट्राभल कापनीका निर्देशक प्रेम कुमार दनुवार बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij