
संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमिति संयोजक माननीय जीवनराम श्रेष्ठ, माननीय सदस्य एकबाल मिया, माननीय नमिता कुमारी चौधरी र अनुगमन टोलिको शाखा अधिकृत ई।अमितकुमार यादव लगायतका टोलिले प्रदेश न १ को राजधानी बिराटनगर स्थित विभिन्न स्थानहरुको अनुगमन गरेको छ ।
उपसमितिले आज सुरुमा प्रदेश न १ का माननीय मुख्यमन्त्री श्री शेरधन राई र सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरे र राज्यमन्त्री माननीय जसमाया गजमेर सँग प्रदेश सरकारले हाल सम्म कोभिडसँग सम्बन्धित गरेका कामहरुको बिषयमा छलफल गरेको थियो ।
उक्त छलफलमा प्रदेश सरकारका प्रमुख सचिव दिनेश भट्टराई र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की को समेत उपस्तिथि रहेको थियो।

प्रदेश सरकार सँग छलफल पश्चात् उपसमितिले बिराटनगर महानगरपालिका सङ्ग उक्त बिषयमा छलफल गरेको थियो । उक्त छलफलमा महानगरका प्रमुख भिम पराजुली, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी तथा नगरका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
महानगरपालिका सङ्गको छलफलमा मेयर, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखज्यूको उपस्थितिमा कोशी अस्पताल, कोशी कोभिड अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र डिएभि कोभिड होल्डिङ्ग सेन्टरको अनुगमन गरेको थियो। उक्त अनुगमनमा कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासको समेत उपस्थिति रहेको थियो ।
छलफल र अनुगमनको शिलशिलामा प्रदेश सरकारले आउने हप्तादेखि कोभिडबाट बढी संक्रमित भएका तीन जिल्लाहरुमा शिक्षकहरुलाई परिचालन गरि कोभिड सम्बन्धि जनचेतना अभियान संचालन गर्न लागेका जस्ता राम्रा कार्यहरु र महानगरको तर्फ बाट भएका राम्रा कामहरुको प्रसंशा गर्दै अनुगमनमा देखिएका कमिकमजोरीहरुलाई सच्याउन र कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यानाकर्षण गराउन पहल गर्न संयोजक माननीय जीवन राम श्रेष्ठले बताउनु भयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij