‘हामी हजुरलाई सामान्य अपेक्षाभन्दा टाढा नयाँ दिशामा डोर्याउछौँ भन्ने मुल नाराका साथ २० वर्ष अघि शिक्षा क्षेत्रमा लामो समय अनुभव समेट्नुभएका र शैक्षिक मर्म बुझेका दिग्गज व्यक्तित्वहरूबाट स्थापना भएको कलेज हाे द टाइम्स इन्टरनेशनल । स्थापना पश्चात् यस कलेजले दक्ष नागरिक उत्पादनमा आफूलाई अहोरात्र क्रियाशील राखेको छ । राष्ट्रिय परीक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त द टाइम्स इन्टरनेशनल कलेज काठमाडौंको मुटु डिल्लिबजारमा अवस्थित छ । विभिन्न विशेषताहरूले भरिएको यस कलेजलाई विद्यार्थीले रोज्नैपर्ने १० मूल विशेषताहरुलाइ यसरी व्याख्या गर्न सकिन्छ ।
विशेषता नं– १ः शतप्रतिशत रिजल्ट दिने कलेज
दक्ष र अनुभवी शिक्षक–शिक्षिकाहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने द टाइम्स इन्टरनेशनल कलेज शतप्रतिशत रिजल्ट दिईरहन सफल छ । यस कलेजमा प्लसटु भन्दा माथि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिसिए, बिबिएम, बिए, बिएसडब्लु, बिबिएस, एमबिएससम्मको अध्ययन गर्न पाईन्छ ।
विशेषता नं. – २ः प्रयोगात्मक र व्यावहारिक पठनविधि
द टाइम्स कलेजको पठनविधि व्यावहारिक र प्रयोगात्मक छ । यस्ताे पठन विधिले विद्यार्थीको ज्ञान, सिप, र क्षमता विकासमा ठुलो सहयोग पुर्याउँछ । अर्थात विद्यार्थीको नतिजा रिजल्टमा आउने उत्कृष्ट नम्बरमा मात्रै सीमित नराखी उनीहरूको दैनन्दिनमा प्रयोगमा आउने संस्कार, बोली वचन, बजारमा प्रस्तुत हुँदा उनीहरूमा विकसित आत्मनिर्भरता र नेतृत्वदायी भूमिकामा समेत विद्यार्थीलाई उजागर गर्दै लैजाने खालको अध्ययन शैली द टाइम्स कलेजले अबलम्बन गरेको छ । द टाइम्स कलेजले जीवनकै परीक्षा सफल बनाउने रोडम्याम समेत तयार गर्न विद्यार्थीलाई मद्दत गरिदिन्छ ।
विशेषता नं. – ३. आकर्षक भौतिक पूर्वाधार
अत्याधुनिक र आकर्षक भवनमा सञ्चालित यो कलेजमा बृहत् पुस्तकालय, साइन्स ल्यााब, खेलमैदान, क्यान्टिन, यातयात र स्वास्थ्य लगायतका सम्पूर्ण सुविधाहरू रहेका छन् । शान्त र पढौँ पढौँ लाग्ने वातावरण भएको द टाइम्स कलेजले सहजलाग्दो वातावरणमा अध्ययन–अध्यापन गराउने गर्छ । कलेजमा फिजिक्स, बायोलाजी, केमेस्ट्री, कम्युटर साइन्स लगायतका छुट्टाछुट्टै र बृहत्त ल्याबहरू छन् भने होटल व्यवस्थापन विषय पढ्ने र पर्यटन विषय पढ्ने विद्यार्थीहरूका लागि सोही अनुरूपको प्रयोगात्मक सीप उपलब्ध रहेको छ ।
विशेषता नं. – ४ः अतिरिक्त क्रियाकलापमा अब्बल
अध्ययन अध्यापनका साथसाथै यस कलेजले विद्यार्थीलाई विभिन्न अध्ययन भ्रमण, प्रोजेक्ट वर्क, गोष्टी लगायत अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको क्षमता विकास गराउने गर्दछ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बास्केटबल कोर्ट भएको यो कलेजले द टाइम्स बास्केटबल क्लब समेत स्थापना गरेको छ । सो क्लबले २०७६ सालको नेपाल बास्केटबल लिगको उपाधि जित्न सफल भएको थियो भने थुप्रै बास्केटबल खेलाडीहरू उत्पादनमा समेत योगदान पुर्याएको छ ।
त्यसैगरी फुटबल र फुटसल खेलहरूमा सधैं यहाँको टिमले अब्बल साबित हुँदै विभिन्न अवार्डहरू जितिरहेको हुन्छ । त्यतिमात्र होइन, राष्ट्रिय स्तरमा हुने हाजिरीजबाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगितामा समेत यहाँका विद्यार्थीहरूले सधैं उत्कृष्ट स्थान हासिल गरेका छन् । यसरी विद्यार्थीको मनोविज्ञान अनुसार यी विविध खेलकुदलाई पनि विशेष प्राथमिकता दिँदै आएको छ । खेलकुदले विद्यार्थीलाई अनुशासित, स्वस्थ र गतिशिल बनाउने कलेजको बुझाइ भएकोले प्रत्येक खेलका राष्ट्रिय स्तरका खेलाडीलाई कोचका रूपमा नियुक्त गरी यसप्रकारका गतिविधि निरन्तर रूपमा अगाडि बढाइरहेको छ ।
विशेषता नं. – ५ः निजी क्षेत्रको आकर्षक तर सर्वसुलभ कलेज
द टाइम्स कलेजले निजी क्षेत्रको ठूलो र आकर्षक कलेजको परिचय बनाएको छ । यस कलेजमा विद्यार्थीका लागि सरकारी मापदण्डभन्दा बढी छात्रवृत्तिको व्यवस्था रहेको छ । गरिब, बिपन्न, दुर्गम ठाउँबाट आउने विद्यार्थीहरूका लागि यस कलेजले कोटा छुट्टयाइएको हुनाले र अन्य कलेजले जस्तो विद्यार्थीलाई पैसाकै कारणले पढ्न नपाउने अवस्थाबाट वञ्चित हुनुपर्ने अवस्था यस कलेजले सृजना हुन दिँदैन । यो स्तरको कलेजले त्यतिको संख्यामा छात्रवृत्ति दिएर शिक्षालाई सर्वसुलभ बनाउने काम गरेको छ । द टाइम्स कलेजले जस्तो सर्वसुलभ शिक्षा दिने अरु निजी क्षेत्रमा यो सरहका हैसियतमा रहेका कलेज शायदै होलान् ।
विशेषता नं ६ः आइएसओ प्रमाणपत्र प्राप्त कलेज
गुणस्तरीयता मापन गर्ने महत्त्वपूर्ण र विश्वासिलो आधार भनेको गुणस्तर चिह्न प्राप्त गर्नु हो । द टाइम्स कलेज ISO ९००१-२०१५ प्रमाणित गुणस्तर चिह्न प्राप्त गर्न सफल नेपालको अग्रणी कलेज मध्येमा पर्दछ । यो चिह्न प्राप्त गरेकोले पनि विद्यार्थी र अभिभावकहरूकाे रोजाइमा परिरहेको छ ।
विशेषता नं ७ः विद्यार्थीको भूमिका नै महत्त्वपूर्ण मान्ने कलेज
द टाइम्स कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा पढ्ने विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि विद्यार्थीहरूबाट नै Science Club, Management Club गठन गरिएका हुन्छन् र ती क्लब मार्फत विद्यार्थीकै सक्रियतामा विगत सात वर्षदेखि प्रत्येक वर्ष राष्ट्रव्यापी भिजुअल क्वीज, ५ किलोमिटर म्याराथुन दौडको आयोजना हुँदै आएका छन् । साथै यी क्लबहरूमार्फत कलेज प्रशासनको सल्लाह, सुझाव र निर्देशन अनुसार अरू विभिन्न प्रकारका शैक्षिक गतिविधि सञ्चालन हुँदै आएका छन् ।
विशेषता नं ८ः निश्चित भर्ना, निश्चित उद्देश्य
द टाइम्स कलेजले निश्चित विद्यार्थी भर्ना गर्ने र ती विद्यार्थीलाई निश्चित उद्देशमा पु-याउने गरी पठनपाठनका गतिविधिमा तथा अन्य विविध अतिरिक्त क्रियाकलापमा लगाउने हुनाले प्रत्येक वर्ष विद्यार्थीहरू, अभिभावकहरूको मन जित्न सफल भएको छ । अर्थात यो कलेजले क्षमता भन्दा बढी विद्यार्थी पनि लिदैन र भनेबमोजिमका गतिविधि गर्नमा पनि कुनै कमी राख्दैन ।