
काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आज मनसुनकोे न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको बताएकाे छ ।
न्यून चापीय रेखाको प्रभावका कारण हाल देशभर सामान्य बदली हुँदै आएकाे छ ।
आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुनेछ ।
यसैगरी, महाशाखाले दिउँको मौसमको अवस्था सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसकेा अलावा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहने पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij