
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएकाे छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ।
साथै हाल नेपालमा सक्रिय काेराेना संक्रमितकाे सङ्ख्या १४ हजार ९ सय २५ रहेको छ।
देशभरका विभिन्न प्रयाेगशालाहरुबाट १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गर्दा साे परिमाणमा संक्रमितहरु पुष्टि भएका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij