२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

समाजसेवी तारा बहादुर कुवँरकाे अगुवाइमा रक्तदान कार्यक्रमले निरन्तरता पाउने

समाजसेवी तारा बहादुर कुवँरकाे अगुवाइमा रक्तदान कार्यक्रमले निरन्तरता पाउने

काठमाडौं । तारा बहादुर कुवँर एक सामाजिक अभियन्ताकाे रुपमा पछिल्ला बर्षहरुमा परिचित छन् । सफल व्यवसायीकाे रुपमा पहिचान बनाएका उनी कुनै न कुनै रुपमा सामाजिक कार्यमा संलग्न हुन पाउनुमा नै आफूलाइ सन्तुष्ट ठान्छन् ।

केही बर्ष पहिले देखि चक्रपथ सरसफाइ अभियानकाे नेतृत्व गरिरहेका उनले सामाजिक उत्तरदायित्व अन्तरगत आफूले वहन गर्नुपर्ने कुनै पनि भूमिका सहजै पूरा गर्न उनी तयार हुन्छन् ।

लकडाउनकाे समयमा राहत वितरणमा संलग्न भएका उनले भूकम्प, नाकाबन्दी लगायत अन्य थुप्रै समस्या एवं सामाजिक कार्यहरुमा आफ्नाे क्षमता बमाेजिम सहयाेग पुर्याएका कुवँर हाल पछिल्लाे समय रक्तदान कार्यमा समेत संलग्न हुँदै आएका छन् ।

अहिलेको निशेधाज्ञामा  देशभर रगतकाे अभाव हुन सक्ने कुरालाइ लक्षित गरी कुवँरले आफ्नै सक्रियतामा  रक्तदान कार्यक्रम आयाेजना गरेका हुन् ।

हाल सम्म आइपुग्दा उनले दाेस्राे हप्ताकाे रुपमा रक्तदान आयाेजना गरिसकेका छन् । दाेस्राे हप्ताकाे रक्तदान कार्यक्रममा ४५ जना सहभागी भएपनि उच्च रक्तचाप, न्यून रक्तचाप र नियमित औषधी सेवन गर्ने केही व्यक्तिहरु आएको साथै सबैबाट रगत संकलन गर्न नसकिएको अभियन्ता कुँवरले बताए।

आगामी दिनमा पनि आफू नेतृत्वकाे रक्त संकलन अभियान कायम रहिरहने कुवँरले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij