– सन्ध्या तिवारी भेटुवाल
नेपालको मुलधारे राजनीतिमा नेकपा एमालेको बिषयलाइ लिएर निकै रस्साकस्सी भए, आफुले गरेको सबै राजनीति जनताको निमित्त हुने र अरुले गरेको लोकतन्त्र र प्राप्त उपलब्धिहरुको विरुद्ध हुने, आफ्नो स्वार्थानुकुल राजनीतिक ढोलपिटुवाहरुको ढोलको आवाज नै रोकियो, नवसामन्ती|हरुको अनुहारमा विभिन्न भावभाङिहरु देखा परे । यति सम्मकी आफू आफुमै दोषारोपण गर्दै खुलमखुल्ला बर्बराउँदै हिँड्न थाले नेकपा एमालेको पुनर्गठनले । पुर्व माओवादीका नेतृत्वले भने जस्तो च्याखे दाउ थाप्नका लागि नेकपा एमाले पार्टी, गोपाल किरातीले नेतृत्व गरेको नेकपा माओवादी जस्तो ‘पुनर्गठन’ नगरिएको तर जननेता स्व. मदन भण्डारिको जनताको बहुदलिय जनवादलाई अंगिकार गर्ने माउ पार्टी नै नेकपा एमाले हो । पुराना पङ्ती, नेता कार्यकर्ता एवम नेतृत्वहरु फर्केर आए स-सम्मान मुल घरमा भित्र्याउन सकिने छ, यहाँ उहाँहरुले लामो समयसम्म बगाएको रगत र पसिनाको उच्च मुल्यांकन हुनेछ । यो नै जनताको मुल घरको वास्तविकता हो ।
सायद एक जना राजा रहने कुराले त्यत्रो ठुलो कुनै आपत्ति गर्दैन तर सामन्तबाद , दलाल, नोकरसाही पुँजिबाद र साम्राज्यबादको शोषण रह्यो भने, राजा नरहेपनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउन सक्दैन भन्ने जननेता भण्डारीको दुरदर्शिता वर्तमान समयमा वास्तविकता भएर देखापरेको यथार्थलाई आत्मसात गर्न नसक्ने केही प्रतिकृयावादी, दक्षिणपन्थी नेताहरुका कारण नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास नै धारासायि हुने हो कि भन्ने अवस्था सृजना भएको परिवेशमा यसकाे मूल्य र मान्यतालाइ बचाइ, भावी पुस्तालाइ जनताको बहुदलिय जनवाद नै आजको आवश्यकता हो भनी त्यस तर्फ उन्मुख गराइ समृद्ध नेपाल सुखी नेपालीका लागि नेपाल कम्युनिस्ट आन्दोलनलाइ जिवन्त राख्न नेकपा एमालेको पुनर्गठन आवश्यक भएको हो ।
विभिन्न राजनितिक आरोहअवरोह पार गर्दै यस अवस्था सम्म आइपुग्दा देश समाजवाद उन्मुख हुनुपर्ने अवस्थामा पार्टीको प्राण भर्न नै सङघर्ष गर्नुपर्ने स्थितिले नेपाली राजनीतिलाई गिज्याइ रहेको भन्नेमा दुइमत रहेन ।
पार्टी दर्ता प्रक्रियामा पुर्व एमालेका केही नेतृत्वले कानुनी राज्यको धज्जी उडाउँदै जनताको मौलिक अधिकारलाई वन्चित गर्न ठूलो बल प्रयोग गर्दा पनि जनताकै जितले सार्थकता पाई नेकपा एमालेलाई बचाउन सफल सिङगाे केन्द्रिय कमिटि नेपाली जनताको मन मस्तिष्कमा रहेको सहजै अनुमान गर्न सकिन्थ्यो ।
नेता तथा कार्यकर्ताहरु प्रति नेतृत्वले गरेको अन्यायपुर्ण भेदभाव सहितको एकताले जनचाहना अनुसार कार्य गर्न नसकेको र नभएको स्पष्ट देखियो। सत्ता र पद बिना जनताको काम गर्न नसक्ने नेतृत्वबाट विषम परिस्थितिमा देखिएको लज्जास्पद व्यवहारबाट जनता नैराश्यिएका छन्।
ठूलो राजनीतिक भागबण्डा हत्याउने दाउमा मुल घरलाइ त्यागी बाटो बिराउनुहुने नेतृत्ववर्ग निःसर्त, निसन्देह आत्मालोचना सहित फर्किन चाहे स्वागत सहित देश र जनताको कार्यमा लगाउन सकिनेछ । जिर्ण अवस्थामा रहेको एेतिहासिक घरलाई जनताको साथ र सहयोगमा पुनर्निर्माण गरिँदै मजबुद तुल्याइ जबज हुँदै समाजवादको दिशातर्फ एक ढिक्का भइ अघि बढ्न नेकपा एमालेमा आवद्ध हुनु नै युग प्रतिको सम्मान हो । जन चाहना वीपरित यो वा त्यो बहानामा जनताको बहुदलिय जनवादलाइ कुनै पनि अवस्थामा सम्झौता गर्न नसकिने कारण राजनीतिक अवसरका खोजिमा अवसरपादीहरु मुल आदर्श, नीति र सिद्धान्तलाइ त्याग्दै हिँडेका हुन केही समय पछि ओझेलिने निश्चितप्रायः छ ।
संविधानको सर्वाेच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकिकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धातमक प्रणाली,आवधिक निर्वाचन,बहुमतको सरकार तथा सम्बैधानिक प्रतिपक्ष,कानुनी राज्य,बैदेशिक पूजी र प्रबिधिको उपयोग, क्षतिपुर्तिको नीति, वैदेशिक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी ब्यवस्थाको सुदृढीकरण नै जनताको बहुदलीय जनवादका मुख्य विशेषताहरु हुन्, यसलाइ सार्थक तुल्याउन जनताको मूल घरमा एकजुट भइ, मन वचन र कर्मले लागौँ, हाम्रै आँखाले देख्ने गरी, हाम्रै पालामा भोग्ने गरि जबज सहितको समाजवाद नेपाल निर्माणमा जुटौँ ।
नेकपा एमाले जिन्दावाद !
जवज जिन्दावाद !!
भेटुवाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवाद-लेलिनवाद)की केन्द्रीय अध्यक्ष हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij