२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

घर किन्ने याेजनामा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहाेला

घर किन्ने याेजनामा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहाेला

कृष्णविजय श्रेष्ठ, प्रबन्ध निर्देशक, माछापुच्छ्रे प्राेपर्टी डिलर्स (जनागाल, बनेपा, काभ्रे)
यदि तपाइ आफ्नाे रहरकाे घर किन्ने साेचमा हुनुहुन्छ भने सबैभन्दा पहिले आफूले कस्ताे प्रकृतिकाे घर किन्ने हाे भन्ने सम्बन्धमा स्पष्ट हुनु जरुरी छ ।
घरका आकाङ्क्षी स्वयंले नै आफू कति रकम सम्मको घर किन्न सक्छु भनेर सबैभन्दा पहिला आफ्नो बजेट सीमा बारे यकिन गर्नु जरुरी रहन्छ ।
१ बजेट प्लानिङ
आफूले तय गरेकाे सीमा भित्रकाे बजेट कसरी जुटाउने भन्नेमा पनि स्पष्ट हुनु जरुरी रहन्छ । यदि तपाइ घर किन्न मानसिक रुपमा तयार हुनुहुन्छ भने त्यसकाे लागि आधारहरु आफुसँग हुनु जरुरी छ ।
तपाइ बैंकबाट आफ्नाे जग्गामा लगानी हुनेमा आशावादी हुनुहुन्छ भने यस सम्बन्धमा पनि सही जानकारी प्राप्त गर्नु जरुरी रहन्छ । तपाइले बुझ्नुपर्छ कि धितो मूल्यांकन रकमको ६० प्रतिशत मात्र ऋण लगानी गर्न बैंक तयार हुने गर्छ । बाँकी रकम आफैंले डाउन पेमेन्ट गर्नुपर्छ । अर्थात् आफैसँग भएको नगद लगानी गर्नुपर्छ ।
तपाइ बैंकबाट ऋण लिएर घर किन्ने साेचमा हुनुहुन्छ कि आफ्नै सञ्चित सम्पत्ति बिक्री गरेर घर किन्ने साेच बनाउनुभएकाे छ ? अथवा तपाइ आफूले नै यसकाे लागि नगद नै जाेहाे पाे गर्नुभएकाे पाे छ कि ।
यदि तपाइ बैंकबाट आफ्नाे जग्गामा लगानी हुनेमा आशावादी हुनुहुन्छ भने यस सम्बन्धमा पनि सही जानकारी प्राप्त गर्नु जरुरी रहन्छ । तपाइले बुझ्नुपर्छ कि धितो मूल्यांकन रकमको ६० प्रतिशत मात्र ऋण लगानी गर्न बैंक तयार हुने गर्छ । बाँकी रकम आफैंले डाउन पेमेन्ट गर्नुपर्छ । अर्थात् आफैसँग भएको नगद लगानी गर्नुपर्छ ।
अहिले बैंकहरुले पनि १० प्रतिशत भन्दा कम ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेका छन् । जसबाट नयाँ ऋणीलाई राहत मिल्ने स्थिति छ । यसकारण सबैभन्दा पहिला बजेटको प्लानिङ गर्नुहोस् ।
२) आफुलाई पायक पर्ने स्थान र घरको डिजाइन
अब तपाईंले बजेटको व्यवस्था गरिसक्नुभयो । यसपछि आफुलाई पायक पर्ने ठाउँमा बजेटले धान्ने खालको घर खाेज्नुपर्ने हुन्छ । तपाईंले कुन ठाउँमा घर किन्ने, कस्तो घर किन्ने भनेर निर्णय गर्नुपर्छ ।
परिवारको संख्याको आधारमा पनि घरको आकार प्रकार निर्धारण गर्नुपर्छ । घर किन्दा भोली थपिने परिवारका सदस्यलाई पनि मध्यनजर गर्नुपर्छ । कतिवटा बेडरुम, कतिवटा बाथरुम, कत्रो किचन चाहिने यकिन गर्नुहोस् । ठूलो परिवार भए ठूलो घर चाहिन सक्छ, सानो परिवारलाई सानो घरले पनि पुग्ला । यदि तपाईसँग प्रयाप्त बजेट छ भने ठूलै घर पनि आँट्न सक्नुहुन्छ ।
३) दक्ष र भरपर्दो ब्रोकरसँग परामर्श
घर खरिद गर्ने निर्णय गरिसकेपछि परामर्शका लागि राम्रो र भरपर्दो घरजग्गा एजेन्सी छनौट गर्नुहोस् । रियलस्टेट एजेन्टलाई घरजग्गाको बजार थाहा हुन्छ । साथै मार्केट ट्रेन्ड’ कतातिर गइरहेको छ भन्ने पनि थाहा हुन्छ । घरकाे कुन ठाउँमा कति मूल्य छ, कतातिर व्यवस्थित बस्ती बसिरहेको छ, कुन ठाउँमा के–के सुविधाहरु छन्, विकास निर्माण कता हुँदैछ भनेर एजेन्टले जानकारी राखेका हुन्छन् ।
तपाईंले अनुभवी र प्रोफेसनल एजेन्ट छनौट गर्नुपर्छ । आफुलाई घर खोजिदिने एजेन्ट आफुले विश्वास गरेको हुनुपर्छ । पारदर्शी कारोबार र व्यवहार गर्ने एजेन्ट छान्नुपर्छ जुन एजेन्टले तपाईंको आवश्यकता बुझेर सही सल्लाह सुझाव दिन सकोस् । कतिपय एजेन्टले सुरुमै ‘फि’ लिनुहुन्छ, कतिले लिनुहुन्न । सकेसम्म ‘फि’ लिएर प्रोफेसनल रुपमा काम गर्ने एजेन्ट छान्नुहोस् । किनभने, प्रोफेसनल काम गर्ने राम्रो एजेन्टहरुले आफ्नो ‘फि’ लिन्छन् ।
तपाईंले राम्रो एजेन्ट छान्नुभयो भने घर पनि राम्रो भेट्याउने सम्भावना हुन्छ । आफुले खोजेको जस्तै घर किन्न पाउनुहुन्छ ।
अहिले बजारमा ‘फि’ नलिएर पनि काम गर्ने एजेन्ट घरघरमा भेट्नुहुन्छ । उनीहरु ‘प्रोफेसनल’ नहुन पनि सक्छन् । भोली घरधनी र तपाईंबीच भेट हुन नदिएर मोटो रकम मार्जिन राखेर घर भिडाउन पनि सक्छन् । तपाईंले खोेजेको जस्तो घर नपाउन पनि सक्नुहुन्छ । पछि पछुताउन पनि पर्न सक्छ । ‘अनप्रोफेसनल’ एजेन्टसँग काम गर्दा भोली समस्या आयो भने त्यसको जिम्मेवारी लिने हुँदैनन् । तपाईंलाई जसरी पनि घर भिडाउने र कमिसन झ्याम पारिहाल्ने उनीहरुको सोच हुन सक्छ ।
याद गर्नुहाेुस्, हामीले सब्जी किन्दा त ओल्टाईपल्टाई गरेर बुझेर किन्छौं । घर किन्ने त जीवनको अत्यन्तै महत्वपूर्ण निर्णय हो नी ।
४) आवश्यक कानुनी परामर्श
तपाईंले किन्न आँटेको घरसँग सम्बन्धित कुनै कानुनी बाधा अड्चन त छैन ? राम्रो वकिलसँग परामर्श गरेर कुनै कानुनी अड्चन छ कि छैन सुरुमै निधो गर्नुपर्छ । नत्र नबुझी घर किन्दा पछि समस्या आइपर्न सक्छ । एजेन्टले पनि वकिल सिफारिस गर्न सक्छन् वा तपाईं आफैंले पनि चिनेको वकिलसँग परामर्श गर्न सक्नुहुन्छ ।
५) आफुसँग बस्ने छिमेकी कस्तो छ त ?
घर किन्दा सबैभन्दा ध्यान पुर्याउनुपर्ने पक्ष हो । छिमेकी नबुझी घर किनेर सर्दा भोली पछुताउन पर्न सक्छ । यदि तपाईंलाई घर मन पर्यो र किन्ने निधोमा पुगिसक्नु भयो भने एक हप्तासम्म विहान, दिउँसो र साँझ त्यो ठाउँमा पुगेर छिमेकीको बारेमा बुझ्दा राम्रो हुन्छ ।
आफु बस्ने ठाउँको छिमेकी राम्रो हुनुपर्छ । वरिपरिको समाज र त्यहाँ हुने गतिविधिहरु आफैं गएर नियाल्नुपर्छ । घरमा महत्वपूर्ण समय बिताइन्छ । पुरै परिवारका सदस्यहरु बस्नुपर्ने हुन्छ । यकिन गर्नुहोस् कि त्यो छिमेकमा एडजस्ट गरेर बस्न सकिन्छ कि सकिँदैन । यसकारण आफ्नो घर भएको ठाउँ शान्त हुनुपर्छ ।
६) इञ्जिनियरसँग परामर्श
तपाईंले घर पनि छान्नुभयो र छिमेकी पनि बुझ्नुभयो । अब तपाईंले आफुले किन्ने निधो गरेको घर इञ्जिनियलाई देखाएर राम्रोसँग ‘इन्स्पेक्सन’ गर्नुपर्छ । त्यो घरको स्ट्रक्चर कस्तो छ, कस्तो मेट्रियल्स प्रयोग गरेको छ, कस्तो ठाउँमा बनाएको छ, कत्तिको बलियो बनाएको छ, कतै बिक्री गर्ने हिसावले कमसल पो बनाएको छ कि, साथै घरको चार किल्ला पनि ‘क्लियर’ भएको घर किन्न तयार हुनुपर्छ ।
७) बैनाको तयारी तथा जानकारी
तपाईंले बैना गर्नुअघि कति दिनमा पास गर्न सक्नुहुन्छ निश्चित हुनुहोस् । स्रोत कसरी जुटाउन सक्नुहुन्छ त्यसमै कति दिनमा घर पास गर्ने भन्ने कुरा अडिएको हुन्छ । मैले यति दिनमा घर पास गर्न सक्छु भनेर बैना कागजमा स्पष्ट लेख्नुपर्छ । सबै कुरामा निश्चित भइसकेपछि मात्र बैनाको समय निर्धारण गर्दा राम्रो हुन्छ । बैना गर्दा पनि राम्रो वकिल प्रयोग गर्नुहोस् ।
बैनाको कागज जति बलियो हुन्छ, त्यती भोली आउन सक्ने लफडाबाट बचिन्छ । बैना रकम कति राख्ने भन्ने विषयमा घरधनी र खरिदकर्ताबीच समझदारी हुनुपर्छ । दुबैलाई समस्या नपर्ने गरी बैना रकम बुझाउँदा ठिक हुन्छ ।
८) पास गर्ने प्रकृयाको जानकारी
बैना गरिसकेपछि तपाईंले घर आफ्नो नाममा पास गर्नुपर्ने हुन्छ । बैनाबट्टा गरिसकेपछि ब्रोकर वा सेलरसँग सम्पर्कमा रहेर अझै पनि केही समस्या आइहाल्छ कि भनेर साेचेर काम गर्नुपर्छ । कुनै समस्या आएमा ब्याक हुन पनि सकिन्छ । बैना गरिसकेपछि पास नहुञ्जेल रकम जुटाउनतर्फ लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij