
काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
वीरगञ्जबाट ट्रकमा आएकाहरु भक्तपुरबाट पक्राउ परेका हुन् ।
ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण भनेप्रहरीले खुलाएको छैन ।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने अनुसन्धान जारी रहेकाले सबै कुरा अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij