
काठमाडौं । शनिवार कोरोना संक्रमण पुष्टि भएपछि नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल होम आइसोलेशनमा बसेका छन् ।
नजिकको साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले गत भदौ १५ गते परिक्षणका लागि स्वाव दिएका थिए । स्वाव संकलनपछि उनी आफ्नै घरको छुट्टै कोठामा बस्दै आएका थिए ।
हिजो कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई कुनै लक्षण देखा नपरेको सांसद सुवालले जानकारी दिए ।
सांसद सुवालको भक्तपुरको जनस्वास्थ्य केन्द्रमा पिसिआर परिक्षण गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij