२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

डायलासिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षणकाे याेजनामा बुटबल उपमहानगर

डायलासिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षणकाे याेजनामा बुटबल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले मिर्गौलाको डायलासिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ ।

डायलासिस गराउनु अघि कोरोना संक्रमण भए/नभएको यकिन गरिने भएकाले उपचारमा सहज होस् भनेर उपमहानगरले नै निःशुल्क परीक्षण सुरु गरेको हो ।

बुटवलमा स्थायी बसोबास गर्ने, उपचारका लागि आएका वा बुटवलमै डेरा गरेर बस्दै आएका मिर्गौलाका सबै बिरामीहरुलाई कोरोना परीक्षण निःशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

स्वाब संकलन गरिने स्थानसम्म पुग्न नसक्ने अवस्थाका बिरामीलाई बसेको स्थानै पुगेर परीक्षण गर्ने गरी काम सुरु भएको उपमहानगरले जनाएको छ । निःशुल्क पीसीआर परीक्षणका लागि अस्पतालहरुमा डायलासिस गराइरहेको कागजात वा डेरा गरेर बसेको वडा कार्यालयको सिफारिस देखाउनु पर्ने छ ।

बुटवल र आसपासमा बसेर विभिन्न अस्पतालमा डायलासिस गर्ने बिरामीको संख्या करिब ६ सय रहेको छ । कोरोना महामारीको बेलामा सबै बिरामीको नियमित डायलासिसअघि डेढ महिनामा दुई पटक पीसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij