२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उपत्यकामा थपिए ४ सय ५४ जना काेराेना संक्रमित, १४ काे मृत्यु

उपत्यकामा थपिए ४ सय ५४ जना काेराेना संक्रमित, १४ काे मृत्यु

काठमाडौँ- काठमाडौँ उपत्यकामा शुक्रबार थप ४५४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा दिएको जानकारीअनुसार काठमाडौँमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन्।

यसैगरी पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्यु भएकाे छ ।

 मृत्यु हुनेहरुमा काठमाडाैँमा ८२, ६७ र २२ वर्षीया महिला, चितवनमा ३५ वर्षीया महिला, सप्तरीका ५५–५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्यूठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुष रहेका छन् । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij