
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेकाे छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाकाे पीसीआर परीक्षण गरिएकाे छ ।
अहिले देशभर गरी सक्रिय संक्रमितहरु १८ हजार ४ सय ४ रहेका छन् । यसैगरी क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेकाे छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij