२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या

जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या


काठमाडौं । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले आत्महत्या गरेका हुन् ।

ड्युटीको समयमा आफैले बोकेको बन्दुकले कन्चटमा गोली हानी आत्महत्या गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

उनले आज विहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन् । उनको घर तनहुँ जिल्लाको रानीपोखरी हो । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij