२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते

एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते


काठमाडौं । स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

चापाकोटबाट बिरामी काठमाडौ पु–यार फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोट भित्री कच्चि सडकमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चापाकोट नगरपाकिला ९ का ३५ बर्षिय भानुभक्त गैरे र वडा नम्बर १० का २५ बर्षिय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए ।

दुर्घटनामा एम्बुलेन्स चालक चापाकोट ९ का ३१ बर्षिय सुरेन्द्र भण्डारी र २८ बर्षिय पवित्रा पोख्रेल गम्भिर घाइते भएका छन् ।

घाइते दुबै जनाको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको मनिपाल शिक्षण अस्पताल लगिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij