हलिउड अभिनेता चाडविक बोजम्यानको निधन भएको छ।
चलचित्र ब्ल्याक प्यान्थरमा निर्वाह गरेको भूमिकाका कारण लोकप्रिय बनेका अभिनेता बोजम्यानको ४३ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको अमेरिकी सञ्चामाध्यमले उल्लेख गरेका छन्।
बोजम्यानको क्यान्सरका कारण निधन भएको हो । लस एन्जलस स्थित घरमा उनको निधन भएको र निधनका बेला श्रीमती र परिवारका सदस्य उनको छेउमा रहेको जनाइएको छ।
बोजम्यानले क्यान्सर लागेको बारे सार्वजनिक रुपमा केही बताएका थिएनन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij