वीरगञ्ज – कोरोना भाइरसको संक्रमणबाट पर्साका थप तीनजनाको ज्यान गएको छ ।
वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराएका छन् ।
प्रवक्ताका अनुसार अस्पतालमा शुक्रबार साँझ साढे ५ बजे उपचारकाे क्रममा एकजना ६५ वर्षकी महिलाको मृत्युु भएको हो । उनी उच्च रक्तचापको समेत बिरामी थिइन् ।
यसैगरी पर्साकै मुर्लीका ४३ वर्षका पुरुषको अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । एचआईभी एड्स र हेपाटाइटिस बीका बिरामी रहेका ती पुरुष नेशनल मेडिकल कलेजबाट रेफर भएर अस्थायी कोरोना बिशेष हेल्थ केयर अस्पतालमा आएको केही घन्टापछि नै शुक्रबार राति ११ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।
वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको हेल्थ केयरमा उपचार हुँदै आएकोमा त्यहाँ बाट थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा मुग्लिङ नजिकै बाटोमा नै ज्यान गएको हो । योसँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij