२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतमा एकै दिन ७५ हजार कोरोना संक्रमित थपिए

भारतमा एकै दिन ७५ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको केन्द्रविन्दु बनेको छिमेकी मुलुक भारतमा एकैदिन झण्डै ७७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० संक्रमित थपिएसँगै संक्रमितको संख्या ३३ लाख १० हजार २३४ पुगेको हो । एकै दिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।

भारतमा नयाँ संक्रमितको संख्याले हरेक दिन नयाँ रेडर्क बनाउँदै आएको छ। पछिल्ला केही दिन यता भारतमा संक्रमितको संख्या हरेक दिन ७० हजार भन्दा धेरैले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि दैनिक एक हजार भन्दा धेरे छ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा कोरोनाले ६० हजार ४७२ को मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा पनि भारतमा कोरोना संक्रमणका कारण १ हजार ६५ जनाको मृत्यु भएको छ। बुधबार १ हजार १६ र मंगलबार १ हजार १७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij