
काठमाडौं । प्रहरीले अत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न सबैमा अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै प्रहरीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।
निषेधाज्ञा अवधिमा पनि होम डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यक बाहेकका सेवा सञ्चालन नगर्न भनेको छ । त्यस्तै होटल, रेष्टुँरा सबैको सेवा बन्द भएकाले होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
हिजो प्रहरीले होम डेलिभरी सेवा दिने डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवज्ञा गरेको भन्दै पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको छ ।
उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी पक्राउ परेका ८० जनालाई सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij